बुद्धिचाल प्रतियोगिता
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शनिबारदेखि सातौ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको लागि जिल्ला स्तरीय छनौट प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला वुद्धिचाल संघको सहआयोजनामा शुरु भएको छनौट प्रतियोगितामा जिल्लाका १४ खेलाडीले भाग लिएका छन् । सदरमुकाम जलेश्वरको महोत्तरी क्लव तथा पुस्तकालयमा शुरु भएको प्रतियोगिता सोमबार सम्म चल्ने जिल्ला वुद्धिचाल संघका अध्यक्ष तथा प्रशिक्षक दिपुकुमार साहले जानकारी दिनुभयो । उहाँले छनौट प्रतियोगितामा जिल्लाका दुईवटा खेलाडी छनौट गरी क्षेत्रियस्तरको प्रतियोगितामा भाग लिन पठाइने जानकारी दिनुहुदै यो प्रतियोगिताले जिल्लामा खेलाडी उत्पादन समेत हुने दावी गर्नुभयो । प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जितेन्द्र चौधरी, समितिका प्रतिनिधि तथा कराँते प्रशिक्षक विन्देश्वर साह र समितिका कोषाध्यक्ष राजु पन्तको समेत उपस्थिती रहेको छ । छनौट प्रतियोगितामा नागेन्द्रकुमार कर्ण बरेल, राकेश प्रसाद चौधरी, रञ्जन भण्डारी, लक्ष्मीकुमार साह पप्पु, रजि हैदर, रामबाबु यादव, गंगा प्रसाद साह, मुकेश साह, रतन साह, राकेशकुमार झा, गजेन्द्र गु...