Posts

Showing posts from July, 2024

जलेश्वर नगरपालिकास्तरीय युवा नीति २०८१ तयार गर्न अकाउन्टाबिलिटी ल्याव नेपालसँग सहकार्य

Image
महोत्तरी, ९ साउन । जलेश्वर नगरपालिकाले युवा नीति २०८१ को मस्यौदाका लागि अकाउन्टाविलिटी ल्याब नेपालसँग सहकार्य गर्न निर्णय गरेको छ । नगर प्रमख सुरेश साह सोनारको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख रोशन खातुन, वडाअध्यक्षहरु अनिल झा, बरुण दहाल, रतनकुमार चौधरी, हरिश्चन्द्र महतो, रबिन्द्र साह, विजय कुमार सिंह, मनोज साह, मनोज महतो तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वनाथ साह, सूूचना प्रविधि अधिकृत नितेश चौधरीलगायतको उपस्थिती रह्यो । बैठकबाट मनोज साहको संयोजकत्वमा युवा नीति २०८१ मस्यौदा समिति चयन भयो । 

महोत्तरीमा पुरस्कार पाउने भन्दा कारवाहीमा बढी सुरक्षाकर्मी

Image
राकेशप्रसाद चौधरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत सुरक्षाकर्मीमध्ये पुरस्कार पाउने भन्दा कारवाहीमा पर्नेको संख्या बढी देखिएको छ । प्रहरी नायव उपरीक्षक सुन्तुलाल जैसवारले भने,“कारवाहीमा पर्नेको संख्या ३२ छ भने पुरस्कार पाउनेको संख्या २५ देखिएको छ ।” गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सम्पादन भएका कामहरूबारे जानकारी दिने क्रममा उनले जनगुुनासो तथा आन्तरिक कार्य सम्पादनमा देखिएको कमीका आधारमा प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सहयोगीसम्मलाई कारवाही भएकोे बताए । जिल्ला प्रहरी कार्यालयमा पुुरस्कार पाउने प्रहरीको संख्या देखिएपनि इलाका प्रहरी कार्यालय बर्दिवासमा २४ तथा इलाका प्रहरी कार्यालयमा ४३ जना छन् । दुबै इलाकामा कुनै प्रहरी कारवाहीमा परेका छैनन । कार्यालय प्रमुखलाई गुुमराह गरेको, आदेश नमानेको, पेस्तोल चेक चेम्बर गर्ने बेलामा फायर भएको, भन्सार छलीको सामान नियन्त्रणमा लिई जाहेर नगरेको, सन्तोषजनक काम नगरेको, थुुनुवालाई सुर्तीजन्य पदार्थ दिएको, पोशाकमा मादकपदार्थ सेवन गरेको, आफूखुशी लाइन ब्यारेक छाँडी हिडेको तथा झैझगडा गरेको आरोपमा उनीहरूलाई नसिहत, बढुवा रोक्का, न...

दुई देशको सीमावर्ती क्षेत्रमा अपराध गर्नेको सूचना आदान प्रदान

Image
 राकेशप्रसाद चौधरी महोत्तरी । महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सीमावर्ती भारतीय जिल्लाका समकक्षीसँग छलफल हुँदा आपराधिक क्रियाकलापमा भएका ब्यक्तिहरूको सूचना आदान प्रदान निरन्तर भइरहेको बताएका छन् । उनले भने,“दुई देशको सीमावर्ती क्षेत्रमा अपराध गर्नेको सूचना आदान प्रदान हुन्छ तर सीमावर्ती भारतीय कारागारमा कतिजना नेपाली रहेको अथवा नेपाली कारागारमा कतिजना भारतीय रहेकोबारे कुनै चर्चा हुँदैन ।” जिल्ला प्रशासन कार्यालयले पहिलो पटक आयोजना गरेको बार्षिक प्रगति सार्वजनिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलालले १४३ वटा हातहतियार नविकरण, एउटा हातहतियार नामसारी, एउटा रासायनिक पदार्थ/विष्फोटक पदार्थ अनुमति सिफारिस, दर्ता भएका १५१ मध्ये ७० वटा मुद्धा फर्छयौट भएको जानकारी दिए ।  “मदिरा बिक्री वितरणको इजाजत दिँदा निश्चित ठाउँ भन्दा पनि वडा तोकिने नियमले व्यवसायी मन लागेको ठाउँमा पसल खोल्दा उत्पन्न भएको समस्या समाधानका लागि पालिकाहरू समन्वय गरिरहेको छौं,”उनले भने,“ जिल्लाबाट गैरआवसिय नागरिकता वितरण शुरू गरिसकेका छौं । अहिलेसम्म दुईजनाले गैरआवसिय नागरिकता प्रदान गरिसकेक...