जलेश्वर नगरपालिका र आसपासका पालिकाहरूको पर्यटकीय स्थल
जलेश्वर नगरपालिका र आसपासका पालिकाहरूको पर्यटकीय स्थल राकेशप्रसाद चौधरी जलेश्वर नगरपालिका र आसपासका पालिकाहरू ( जलेश्वर बर्दिवास सडकको पूर्वदेखि मटिहानी नगरपालिकासम्म) मा रहेका थुप्रै पर्यटकीय, धार्मिक, ऐतिहासिक तथा पुरातत्व महत्वका स्थल छन् । यसमध्ये केही चर्चित स्थलहरू तथा चर्चा गर्नुपर्ने स्थलहरूबारे पालिकागत रुपमा प्र्रस्तुत गर्दा न्यायोचित हुन्छ । यस क्षेत्रमा शैव,वैष्णव,शाक्त,गाणपत्य र सौर सम्प्रदायसँगै ब्रम्हस्थान, डिहवार, विभिन्न जातिको लोकदेवता र कूलदेवताका मन्दिरहरु अवलोकन गर्न सकिन्छ । साथै मुस्लिम धर्मावलम्वीको लागि मटिहानीको पीरबाबा एक महत्वपूर्ण स्थान छ । गैरधार्मिक पर्यटकलाई यहाँको नदी, सरोबरमा हुने माछा र मखान खेती तथा माछाको परिकारले तान्नेगर्छ । जलेश्वर नगरपालिका क्षेत्रभित्र वैदिक देवता रुद्रद्वारा स्थापित जलेश्वर महालिङ्ग(महादेव) सँगै सोही मन्दिर परिसरमा रहेको सयौंवर्ष पुराना पालकालीन सुर्य, गणेश र भैरबका मुर्तीहरू, उमा मिथिला (शतीमाईरउमा महोत्तरी) शक्तिपीठ, बडादशैं तथा चैतेदशैंंमा मात्र खुल्ला रह्ने त्रिशुली देवी, पुरन सरोबर महत्वपूर्ण स्थलहरू अवलोकन गर्...