Posts

Showing posts from January, 2024

महोत्तरी गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कमा १०० प्रतिशत अंक

 महोत्तरी गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कमा १०० प्रतिशत अंक राकेशप्रसाद चौधरी मधेश प्रदेश महोत्तरी गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(लिजा) मा शतप्रतिशत अङ्क प्राप्तगरि सवै स्थानीय तहलाई चकित बनाएको छ । यस प्रदेशको १३६ मध्ये ९२ वटा स्थानीय तहले पेश गरेको लिजाको नजितामा महोत्तरी गाउँपालिकाले एकसय पूर्णाङ्कमध्ये शतप्रतिशत अङ्क प्राप्त गरेको उल्लेख छ । पालिकामध्ये सवैभन्दा कम रौतहटको फतुवा विजयपुर नगरपालिकाको २३ प्रतिशत अङ्क छ । आर्थिक वर्ष २०७८÷७९ मा सवैभन्दा कम पर्साको बिन्देवासिनी गाउँपालिकाको १३.२५ प्रतिशत तथा धनुषाको जनकपुर उपमहानगरपालिको सवैभन्दा बढी ८९ प्रतिशत अङ्क प्राप्त गरेको थियो । महोत्तरी गाउँपालिकाको ७७.५ प्रतिशत थियो भने फतुवा विजयपुर नगरपालिकाले स्वमूल्याङ्कन नै गरेको थिएन् । आर्थिक वर्ष २०७९÷८० मा जनकपुर उपमहानगरपालिकाको ७२.७५ प्रतिशत अङ्क मात्र छ । मधेश प्रदेशको औसत अङ्क ६४.५५ प्रतिशत छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ ...

हरूवाचरवालाई परिचयपत्र दिने तयारी

 राकेशप्रसाद चौधरी मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले सामन्ती र जमिन्दारले बनाएका हरवाचरवा र उनका सन्तानसमेत पीडामा रहेकाले लगत तयार गरि परिचयपत्र जारी गर्ने तयारी भइरहेको बताएका छन् । जलेश्वरमा हरवाचरवाको दोस्रो महोत्तरी जिल्ला सम्मेलनमा बोल्दै उनले कृषि र पशुपालनमा अनुदानको ब्यबस्था अगाडि बढाइसकेको जानकारी दिएका छन् । मन्त्री न्यौपानेले हरवाचरवाको आर्थिक सशक्तिकरणका लागि कृषिमा महिला स्वयंसेविका खटाउने तयारी भइरहेकोबारे खुलासा गरेका छन् । आर्थिक र समाजिक रूपमा पछाडि परेका तत्कालिन बधुवा मजदुुरका परिवार अहिलेपनि हरवाचरवाको पीडा भोगिरहेका छन् । स्थानीय भाषामा हलो जोत्नेलाई हरवाहा र पशुको हेरचाह गर्ने र चराउनेलाई चरवाहा भन्ने गरिन्छ ।  मधेशमा सामन्ती किसानी र जमिन्दार प्रथा अन्त्य भएपनि हरवाचरवाभई बधुवा मजदुरजस्तै दास जीवन बिताएका परिवारका सन्तान अहिले आर्थिक र सामाजिक रूपमा निकै पछाडि छन् । गतबर्ष संगठित भइ उनीहरू मधेशमा हरवाचरवा अधिकार यात्रा निकालेका थिए । मधेश प्रदेशभित्र १ लाख ६० हजार ४५२ परिवार हरवाचरवा रहेको अनुमानित तथ्यांक अध...