Posts

Showing posts from September, 2017
Image
स्थानीय तह प्रमुखमा पार्टीदेखि स्वतन्त्रसम्म महिला उम्मेदवार जलेश्वर सिटी महोत्तरी, २२ भाद्र । महोत्तरीको १५ वटा स्थानीय तहमध्ये तीन ठाउँको प्रमुखमा महिलाको उम्मेदवारी परेको छ । राजनीतिक दल एवं स्वतन्त्र गरि तीन महिलाले प्रमुख पदमा उम्मेदवारी गरेका हुन् । Minakshi गौशाला नगरपालिकामा संघीय समाजवादी फोरमबाट रामकुमारी महतो, बर्दिवास नगरपालिकामा स्वतन्त्रबाट संगीता हमाल एवं समसी गाउँपालिकामा नेकपा एमालेबाट मिनाक्षी साहले प्रमुखमा उम्मेवारी दिएकी हुन् । यता अधिकांश राजनीतिक दलले महिलालाई उपप्रमुखमा सिमिति राखेको देखिएको छ ।

देशी साहुको असर्फी साट्ने बुद्धि

Image
देशी साहुको असर्फी साट्ने बुद्धि शनिवारीय कथा–राकेश पीसी Photo:Rakesh PC मुस्लिम आक्रमणबाट अस्तव्यस्त रहेको जलसर १४ औं सताब्दीमा बिस्तारै समृद्ध हुन थालेको थियो । हत्याको डरले पलायन भएको कारण बस्तीहरु जंगलमा परिणत भइसकेको थियो । दक्षिणबाट उत्तरको बाटो बनाउन देशी साहु दिनरात मेहनत गर्न थालेका थिए । जंगल आबाद गरे वापत आधा वाली पाउने लालमोहर प्राप्त गरेकोले साहुको मनोबल उच्च थियो । जंगलमा बाघ, सिंहसहितका जनावरहरुको ओहरदोहर हुनु समान्य भइसकेको थियो । अन्नतः साहुले बर्षदिनको मेहनतपछि गोरु हिड्नयोग्य उत्तर र दक्षिण जोड्ने ३० कोसको बाटो बनाएरै छोडेका थिए । कुवा र पोखरीलाई आधार बनाएर गोरु ह्ड्निे बनाएकाले बाटो अलिक घुमाउरो भएको थियो । देशी साहुले जंगलको बीचबाट सडक खोलेपछि बिदेशी साहुहरुले बाटो प्रयोग गरेवापत भाडावर्तन उपहार दिने गरेका थिए । एक दिन सबै साहुहरुको बैठक बसेर देशी साहुले एउटा प्रस्ताव राखेका थिए । उपहार दिइने भाडावर्तन प्रत्येक कोशमा रहेको कुवा तथा पोखरीहरुमा सुरक्षितसाथ राख्नुपर्ने प्रस्ताव थियो । बाटो बिस्तारै साहुवाहेक रैतीहरुले पनि प्रयोग गर्न थालेकोले ठाउँ ठाउँको क...

१२ कक्षा उत्तीर्ण भएपछि बस्तीमा खुशीयाली

Image
बर्दिवास, १६ भदौ । ‘माय, हम १२ पास कैलिय’ (आमा मैले १२ कक्षा पास गरेँ) महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका २० वर्षीय मञ्जय सादा मुसहरले आमा मानकी सादासँग खुशी साट्दै भने । बिहीबार प्रकाशित कक्षा १२ को परीक्षाको नतिजामा ५६ प्रतिशत अङ्क प्राप्त गरी उत्तीर्ण भएको खुशी मञ्जयले आमासँग साट्दै गर्दा मानकीका आँखाका डिल पनि खुशीका आँसुले भरिए । बुवा–आमा र जेठा दाजुहरु गिरत (मालिक) को काममा जाने र आपूm उज्यालो हुनासाथै काँधमा कोदालो भिरेर मुसाको शिकार गर्ने गरेको बचपन आफैँले व्यहोरेका मञ्जे (मञ्जयको घरमा बोलाउने नाउँ) का लागि १२ कक्षा उत्तीर्ण गरेको सफलता चानचुने होइन । “हामी मुसहर जन्मले नै कमारा (नोकर) भएर जन्मन्थ्यौँ”, मञ्जेले विगत सम्झँदै भने, “मुसहरका घरमा नयाँ छोरा जन्मनासाथ ऊ कुनै मालिकका लागि बचनमा बाँधिने चलन थियो ।” आफ्नो पुरानो परिवेश कोट्याएका मञ्जेले अगाडि भने, “यस्तो परिवेशमा जन्मेको आपूmलाई आज १२ कक्षा उत्तीर्ण गरेँ भन्न पाउँदा निकै खुशी लागेको छ ।” तस्विरःराकेश पीसी बर्दिवासमा बसोबास गर्ने मुसहर समुदायको चौथो पुस्ताका मञ्जे १२ कक्षा ...