Posts

Showing posts from November, 2017

अस्पतालबाहिरको सटर पसलहरुबाट औषधि खरिद गर्दा अधिकतम चारगुणासम्म महंगो

महोत्तरी । जिल्ला अस्पताल जलेश्वरले व्यापारिक प्रयोजनका लागि कानूनी आधार बिना नै छ वटा सटर कोठा भाडामा दिइएको रहस्य खुलेको छ । सटर भाडावापतको तीन लाख ४३ हजार तीन रुपैया असुल गर्न समेत बाँकि रहेको छ । सटरहरुमा औषधि पसल तथा ल्याव परीक्षण केन्द्र संचालन गरिएको छ । तीन वटा सटर एकै परिवारका सदस्यको नाममा रहेको समेत देखिएको छ । लब कुमार सिंहको नाममा दुई तथा उनका भाई प्रेम कुमार सिंहको नाममा एउटा सटर भाडामा रहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । अन्य सटरहरु ललन कुमार सिंह, मोति यादव तथा पवन कुमार पाठकको नाममा स्विकृत गरिएको थियो । २०६९ साल कार्तिक २७ को निर्णयबाट चार तथा पुस १२ को निर्णयबाट दुई वटा सटर भाडामा लगाइएपनि त्यस अगाडिदेखि नै सम्बन्धित ब्यक्तिहरुले सटर प्रयोग गर्न थालेका थिए । सम्झौताको म्याद २०७१ असार मसान्तमै समाप्त भइसकेको तथा माथिल्लो निकायबाट टेण्डर आह्वानमार्फत सटर भाडामा लगाउनुपर्ने आदेशलाई जिल्ला स्वास्थ्य कार्यालयले बेबास्ता गर्दै आएको छ । एक औषधि व्यवसायीका अनुसार सटरको विषयमा सूचना माग गर्दा कार्यालयले बेबास्ता गर्ने गरेको बताए । अस्पतालमा पुग्ने बिराम...

टिकट वापतको १० रुपैया अभियन्ताहरुले फिर्ता पाए

महोत्तरी, १६ कार्तिक । सूचनाका हकका लागि निवेदन दर्ता गर्न जाँदा प्रशासकीय अधिकृत हेमबहादुर कार्कीले टाँस्न लगाएको टिकट वापतको १० रुपैया अभियन्ताहरुले फिर्ता पाएका छन् । प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठलाई लिखित उजुरी गरेपछि लेखा शाखा मार्फत भपाई गरेर १० रुपैया फिर्ता पाएको अभियन्ता जितेन्द्र पासवानले बताए । संचारकर्मी तथा अभियन्ता राकेश प्रसाद चौधरी एवं पासवानले संयुक्त रुपमा महोत्तरी जिल्लामा दर्ता भएका पत्रपत्रिका सम्बन्धी सम्पूर्ण बिवरण निवेदनमार्फत दुई दिन अगाडि माग गरेका थिए । विभिन्न जिल्लाका अभियन्ता तथा सरोकारवालाहरुले फोनमार्फत प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई १० रुपैया फिर्ताको दबाब दिन दिएका थिए । चौधरीले सूचनाका हक सम्बन्धी कानून क्रियाशिल भएकै अबस्थादेखि यस अभियानमा सक्रिय भई विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।