उज्जवलले बोलाए काग
उज्जवलले बोलाए काग महोत्तरी जलेश्वरका १२ बर्षे बालकले काग भेला गराई घरपरिवार र स्थानीयलाई आश्चर्यचकित बनाएका छन् । एक बर्षदेखि लुकेर अभ्यास थालेको जलेश्वर नगरपालिका वडानं. ५ का उज्जवल साहले काग तिहारको अबसरमा काग भेला गराएका हुन । कागजस्तै उनको आबाज सुनेर आकाशमा दर्जनौ काग टाढाबाट आएर यताउति गर्न थालेको थियो । यस्तो गतिविधिबारे अनभिज्ञ रहेको बताउँदै उज्जवलका बुवा दिपुकुमार साहले छिट्टै छोरालाई जलेश्वर रंगशालामा सयौं कागको भेला गराउन अभ्यासमा लाग्न छुट दिएको बताए । उज्जवलका आमा रेणु देवीले कक्षा ५ पढ्ने छोरालाई पढाईमा असर नपार्न भन्दाभन्दै लुकेर राम्रै अभ्यास गरेकोमा खुशी लागेको बताइन् । भेला भएको कागलाई स्थानीयले बिभिन्न सामग्री समेत खुवाएका थिए । उज्जवलले घरपरिवारकै प्रोत्साहनले केही दिनभित्रै जलेश्वर रंगशालामा सयौं काग उतार्ने तयारीका लागि अभ्यास थालेको बताए ।