news goli chalyo
महोत्तरीको बदिया बन्चौरीमा आज अज्ञात व्यक्तिद्वारा गोली प्रहार गरि घाइते बनाएका एक व्यापरीबाट २० लाख रुपैया राखिएको मोटरसाइकल लुटिएको छ । सरपल्लो चोकमा मनि ट्रान्सफर्मर संचालन गरेका ३३ बर्षिय राजदेव चौधरी सदरमुकाम जलेश्वरबाट घर फर्किने क्रममा ढुकी बसेका व्यक्तिले गोली प्रहार गरेको थियो । खुट्टामा गोली लागेर घाइते भएका चौधरीको डिकीमा राखिएको २० लाख नगदसहित ज.२.प.८६५२ नम्बरको मोटरसाइकल लुटिएको घाइतेलाई उद्दृत गर्दै प्रहरी नायब उपरीक्षक कुशलपुरुष ढकालले जानकारी दिए । घाइते चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरबाट जनकपुर अंचल अस्पतालमा पठाइएको छ । उनको अवस्था समान्य रहेको जनाइएको छ । प्रहरीले चौधरीसंग रहेको रमकबारे यकिन हुन नसकेकोले अनुसंधान थालिएको तथा लुटेराको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । -- Remember 10 December RAKESH CHAUDHARY +9779844031644 +9779804879427