Posts

Showing posts from 2026

सामाजिक आन्दोलनमा योगदान पुर्‍याएका १३ महिला नेतृका जीवन, संघर्ष र योगदान

Image
  महोत्तरीको जलेश्वरस्थित नेपाल पत्रकार महासंघको सभाहलमा नेपालका विभिन्न सामाजिक आन्दोलनमा योगदान पुर्‍याएका १३ महिला नेतृका जीवन, संघर्ष र योगदान समेटिएको अनुसन्धानमूलक पुस्तक ‘संघर्षले बुनेका साझा सपना’ को लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। भ्वाइसेज अफ वुमन मिडियाको आयोजनामा भएको यस कार्यक्रममा मरनी देवी, राम लखन साह, ललिता सिंह दनुवार र सुमित्रा सदाले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो। कार्यक्रममा समाजमा रहेका कुरीति र उत्पीडनविरुद्ध महिलाहरूले गरेको प्रतिरोधका कथाहरूमाथि विशेष छलफल गरिएको थियो। विशेषगरी, बोक्सीको आरोप लगाइएकी मरनी देवीको जीवन-कथा, उहाँको व्यक्तिगत संघर्ष र यससँग जोडिएका कानुनी परिवर्तनका आयामहरूमाथि गहन विमर्श भयो। साथै, मिटरब्याज पीडितहरूको आन्दोलन र मुद्दालाई प्रतिनिधित्व गर्दै ललिता सिंह दनुवारको कथा र अनुभवमाथि पनि विस्तृत चर्चा गरियो। कार्यक्रममा सहभागी तत्कालीन पत्रकारहरू, अनुसन्धानकर्ताहरू तथा सामाजिक अभियन्ताहरूले नेपालको सामाजिक तथा कानुनी इतिहासका यी संघर्षहरूलाई अभिलेखीकरण गरी भावी पुस्तासम्म पुर्‍याउनुपर्ने आवश्यकतामाथि जोड द...

झिझिया लोकनृत्यको समाजशास्त्रीय अध्ययन

Image
  राकेशप्रसाद चौधरी बडादशैं शुरू भएसँगै तराई,मधेशको विभिन्न ठाउँमा परम्परागत झिझिया नृत्य तथा झिझिया प्रतियोगिताहरूको आयोजना हुनेगर्छ । झिझियालाई लोकनृत्यको श्रेणीमा राखिएको छ । लोक भनेको साधारण जनसमाज बुझिन्छ । त्यस समाजभित्र मनाइने नृत्यलाई लोकनृत्य भनिन्छ । बडादशैंको अवसरमा मिथिलाक्षेत्रको विभिन्न भगवती, देवी मन्दिर एवम् थान(स्थान) तथा माटोका प्रतिमाबाट बनाइएका दुर्गा भवानीलगायतका देवीदेवताको पूजापाठ गरेर दुर्गापुजा, बडादशैं मनाउने गरिन्छ । यस क्षेत्रमा झिझिया नृत्य र दुर्गापुजा आपसमा सम्बन्धित जस्तो देखिन्छ । अहिले प्रविधिको प्रयोग र ज्ञानले अगाडि बढ्न थालेको समाजमा लोकनृत्यभन्दा पनि झिझियालाई आधुनिक गीतमा हुने नृत्य बुझ्न थालिएको छ । पण्डालभित्र माटोको प्रतिमा बनाएर गरिने दुर्गापजाको इतिहास मिथिलाञ्चल क्षेत्रमा सयबर्षभन्दा कम छ । माटोको प्रतिमा बनाएर पुजा हुनुभन्दा अगाडिदेखि प्रचलनमा रहेको झिझिया लोकनृत्यको शुरूवात लोकदेवीको थान(स्थान) अथवा गहबरबाट हुन्छ । त्यहाँबाट शुरू हुने यो लोकनृत्य धार्मिक ग्रन्थहरूमा उल्लेख देवीदेवताका मन्दिर तथा लोक देवीदेवता थानमा झिझिया नृत्य गरिन्छ।...

जलेश्वर नगरपालिका र आसपासका पालिकाहरूको पर्यटकीय स्थल

Image
 जलेश्वर नगरपालिका र आसपासका पालिकाहरूको पर्यटकीय स्थल राकेशप्रसाद चौधरी जलेश्वर नगरपालिका र आसपासका पालिकाहरू ( जलेश्वर बर्दिवास सडकको पूर्वदेखि मटिहानी नगरपालिकासम्म) मा रहेका थुप्रै पर्यटकीय, धार्मिक, ऐतिहासिक तथा पुरातत्व महत्वका स्थल छन् । यसमध्ये केही चर्चित स्थलहरू तथा चर्चा गर्नुपर्ने स्थलहरूबारे पालिकागत रुपमा प्र्रस्तुत गर्दा न्यायोचित हुन्छ । यस क्षेत्रमा शैव,वैष्णव,शाक्त,गाणपत्य र सौर सम्प्रदायसँगै ब्रम्हस्थान, डिहवार, विभिन्न जातिको लोकदेवता र कूलदेवताका मन्दिरहरु अवलोकन गर्न सकिन्छ । साथै मुस्लिम धर्मावलम्वीको लागि मटिहानीको पीरबाबा एक महत्वपूर्ण स्थान छ । गैरधार्मिक पर्यटकलाई यहाँको नदी, सरोबरमा हुने माछा र मखान खेती तथा माछाको परिकारले तान्नेगर्छ ।  जलेश्वर नगरपालिका क्षेत्रभित्र वैदिक देवता रुद्रद्वारा स्थापित जलेश्वर महालिङ्ग(महादेव) सँगै सोही मन्दिर परिसरमा रहेको सयौंवर्ष पुराना पालकालीन सुर्य, गणेश र भैरबका मुर्तीहरू, उमा मिथिला (शतीमाईरउमा महोत्तरी) शक्तिपीठ, बडादशैं तथा चैतेदशैंंमा मात्र खुल्ला रह्ने त्रिशुली देवी, पुरन सरोबर महत्वपूर्ण स्थलहरू अवलोकन गर्...

नेपालमा सूचनाको हकको कार्यान्वयन, प्रवर्द्धन र संस्थागत विकासमा पत्रकार तथा सूचना अभियन्ता राकेशप्रसाद चौधरीको योगदान

Image
नेपालमा सूचनाको हकको कार्यान्वयन, प्रवर्द्धन र संस्थागत विकासमा पत्रकार तथा सूचना अभियन्ता राकेशप्रसाद चौधरीको योगदान महत्त्वपूर्ण रहेको छ। महोत्तरीको जलेश्वरलाई मुख्य कार्यक्षेत्र बनाएर तीनदशकदेखि खोज पत्रकारिता र सूचनाको हकको अभियानमा सक्रिय चौधरीले मधेस प्रदेश र समग्र देशमै सार्वजनिक निकायहरूलाई उत्तरदायी बनाउन उल्लेख्य भूमिका खेल्दै आएका छन् । नेपाल पत्रकार महासंघ महोत्तरीमा उपाध्यक्ष हुँदा सूचनाको हकसम्बन्धी ऐन निर्माण र त्यसपछि नियमावली निर्माणका लागि दबाबमूलक कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाएका थिए ।  सन् २०१८ मा काठमाडौंमा सूचनाको हकको सर्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित विशेष समारोहमा उनलाई ‘उत्कृष्ट सूचनाको हकको अभियन्ता’को रुपमा सम्मानित गरिसकेको छ । महोत्तरीलाई मुख्य कार्यक्षेत्र बनाएर राष्ट्रिय स्तरमै सूचनाको हकको वकालत गर्ने चौधरी हाल नेपाल सूचनाको हक लागि राष्ट्रिय महासंघ  को केन्द्रीय उपाध्यक्ष समेत हुन्। उनले आरर्टीआई जर्नलसहितका पुस्तक तथा विभिन्न अनलाइनमा सूचनाको हक सम्बन्धि लेख र समाचारहरु प्रकाशन गरेका छन ।  महोत्तरी तथा मधे...

Rakesh Prasad Chaudhary Contribution in photojournalism

Image
Rakesh Prasad Chaudhary Contribution in photojournalism  Photo storytelling fellowship and awards: Photojournalist Club 2068 BS UBOX News Photo 1st Runner Up https://pjclub.com.np/report/Photojour nalist_Club_068_Report_New.pdf Photojournalist Club, IME Global IME Bank Nepal Photo Contest 071 BS has been selected among 165 best photos out of 6,549 for the exhibition. NFPJ Nepal 2074 MOFUSSIL PHOTOJOURNALISM best five photo.circle 2020 fellows https://photocircle.com.np/blog/photo- circle-grantees-2020-announcement- round-2/ CAPTURING HUMAN RIGHTS January to April 2021, Organized by the Philippine Center for Investigative Journalism (PCIJ) and the Photojournalists’ Center of the Philippines (PCP) NFPJ Nepal 2079 BS Madhesh Province—nominees for the 'Excellence in Photojournalism' category best five

राकेशप्रसाद चौधरीको साहित्यिक जीवन

Image
 व्यक्तिगत विवरण नाम थर : राकेश प्रसाद चौधरी उपनाम–राकेशपीसी,राकेश प्रेमचन्द्र,राकेशराज काश्यप,पिङ्गल बाबा  जन्म स्थान , तिथि- जलेश्वर, भाद्र पूर्णिमा संलग्न रहेको विद्या : पत्रकारितासँगै संस्कृति, साहित्य प्रकाशित कृति शान्तिकेँ खोजी(मैथिली नाटक,सन् २००६) मञ्चन-पर्सापतैली महोत्तरीको इतिहास(नेपाली,सन्‌२००८) जगदीशनाथकी गीवनगाथा(हिन्दी,सन्‌२००८) खिचडी कविता संग्रह(मैथिली,नेपाली,हिन्दी,अंग्रेजी सन् २००८) जलेश्वर परिचय(ईबुक सन् २०१०) न्यायिक आवाज(नेपाली,सन् २०१३) किशुनियाके बेटी मइर गेलै मैथिलीनाटक,२०१८) अन्य कृतिमा समावेश अनुसन्धान पत्र, आलेख तथा साहित्यिक सामग्री  विदेह(मैथिली कथा,सन्‌२०१८) सिमरौनगढ अध्ययन सन् २०१८ आँगन(नेपाल प्रज्ञा प्रतिष्ठान,मैथिली हाइकु,सन् २०१९ मटिहानी(खोज–अनुसन्धान सन्‌२०२१) बालकथा संग्रह(नेपाली,सन् २०२१) युनिटी जर्नल(नेपाली,सन्‌२०२२) नेपाली लोकवार्ता(सन् २०२२) मैथिली गीत(सन्‌२०२३) संसारीमाई संकथन(भाग१,नेपाली सन् २०२२) इन्द्रेणी(नेपाल प्रज्ञा प्रतिष्ठान,नेपाली–मैथिली,सन् २०२४ सलहेस-चुहड) जातजाति-नेपाल प्रज्ञा प्रतिष्ठान सन् २०२४ आरटीआइ जर्नल(सन्‌२०२४)...

जलेश्वरको यमुना पोखरी कुरूप बन्दै

Image
 जलेश्वर महादेव मन्दिर नजिकको पोखरी थोरै सुन्दर देखिएपनि केही मिटर दूरीमै जलेश्वर नपा २ स्थित पुरानो माछा बजारको पूर्वतर्फ रहेको  पूर्णी पोखरी अर्थात यमुना सागरको अवस्था दयनीय छ। पोखरीको पानी नदेखिएको बर्षौ भयो भने विद्यालय आउने जाने मात्र नभई दुर्गन्धले स्थानीयलाई समेत नाक थुन्नुपर्छ।

महोत्तरीमा सिडिओ आफिस

Image
राकेशप्रसाद चौधरी   स्थानीय प्रशासन ऐन 2022 अनुसार जलेश्वरमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था भएदेखि जलेश्वरमा सिडिओ कार्यालय । सो समयदेखि 2027 सालसम्म का प्रजिअको नाम खोज्न बाँकी छ। प्रजिअको काम जिल्ला पञ्चायतको सचिवको रूपमा थियो। 2028 बैशाख 31 गते भएको निर्णय गृह पञ्चायत  मन्त्रालयले सूचना जारी गरि अन्य जिल्लाजस्तै महोत्तरीमा सप्तरीबाट सरूवा गरि दुर्गाप्रसाद आचार्य (राप द्वितीय )लाई पठाएको थियो भने यहाँका प्रजिअ ईन्द्रप्रसाद राजभण्डारी(राप द्वितीय )लाई रसुवा सरूवा गरेको थियो । 2028 साउन 30 गते लालमोहर लागेर स्थानीय प्रशासन ऐन 2028 लागू भएपछि प्रजिअलाई शक्तिशाली बनाइएको हो। तर्सथ अहिलेको ऐन अनुसार महोत्तरीको पहिलो प्रजिअ आचार्य मान्नुपर्ने हुन्छ।

राकेशप्रसाद चौधरी-वरिष्ठ पत्रकार

राकेशप्रसाद चौधरी  वरिष्ठ पत्रकार   २०६३–२०७२ को सम्झना । यो दशक २०५३–२०६२ भन्दा फरक तरीकाले अध्ययन, अनुसन्धान, पुस्तक प्रकाशन, सम्पादन एवं शिक्षण प्रशिक्षणमा बित्यो।यही दशकमा पत्रकार महासंघको जिल्लास्तरको नेता बनेपनि २०६८ सालमा मध्यमाञ्चलको नेता बन्ने सपना चकनाचुर भएको समय। जनआन्दोलन तथा मधेश आन्दोलनको स्थलगत सूचना संकलन गर्न अहोरात्र खट्ने संवाददाता । नेपाल एफएम एवं इमेज च्यानलमा जिल्ला संवाददाता ।आन्दोलनकै क्रममा एचबिसी एफएम बन्द भएकोले बिनोद ढुंगेल दाजुले नेपाल एफएममा ढोका खोलिदिनुभएको । एउटा समाचारको सय रुपैया । सूचनाको हकको लडाईंका सिपाही बनेको समय पनि । तर जीवन आशा नै आशाले भरिएको शुरुवात पनि थियो । महासंघको केन्द्रिय सदस्यमा हारेपछि नेपाल पत्रकार महासंघ केन्द्रबाट केही साथीहरुसँगै द्वन्द्व संवेदनशिलता पत्रकारिता तालिमको प्रशिक्षकको जिम्मेवारी पाएर पाँचथर र बाँके जिल्लासम्म पुगेको थिए । लेखिएको समाचार अन्तर्राष्ट्रियस्तरसम्म पुगेको दशक थियो यो । अन्तराष्ट्रियस्तरका तालिम तथा कार्याशालाहरुमा अनलाइनबाट सहभागिता हुने थुप्रै अवसरहरु भेटियो।  फोटो पत्रकारितामा समेत...