राकेशप्रसाद चौधरी स्थानीय प्रशासन ऐन 2022 अनुसार जलेश्वरमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था भएदेखि जलेश्वरमा सिडिओ कार्यालय । सो समयदेखि 2027 सालसम्म का प्रजिअको नाम खोज्न बाँकी छ। प्रजिअको काम जिल्ला पञ्चायतको सचिवको रूपमा थियो। 2028 बैशाख 31 गते भएको निर्णय गृह पञ्चायत मन्त्रालयले सूचना जारी गरि अन्य जिल्लाजस्तै महोत्तरीमा सप्तरीबाट सरूवा गरि दुर्गाप्रसाद आचार्य (राप द्वितीय )लाई पठाएको थियो भने यहाँका प्रजिअ ईन्द्रप्रसाद राजभण्डारी(राप द्वितीय )लाई रसुवा सरूवा गरेको थियो । 2028 साउन 30 गते लालमोहर लागेर स्थानीय प्रशासन ऐन 2028 लागू भएपछि प्रजिअलाई शक्तिशाली बनाइएको हो। तर्सथ अहिलेको ऐन अनुसार महोत्तरीको पहिलो प्रजिअ आचार्य मान्नुपर्ने हुन्छ।