Posts

Showing posts from 2024
Image
 महोत्तरीको मटिहानीमा नेपाल–भारत सीमाना जिल्ला समन्वय वैठक कार्तिक १२ । तिहार तथा छठ पर्व नजिकिएसँगै महोत्तरीको मटिहानीमा नेपाल–भारत सीमाना जिल्ला समन्वय वैठक सोमवार सम्पन्न भएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा भएको बैठकमा भारतीय पक्षको नेतृत्व मुजफ्फरपुरस्थित तिरह७३घढसत प्रमंडलका डिआइजीपी श्री बाबु राम रामको रह्यो। जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजनामा बसेको बैठकमा सीमा सुरक्षा र सीमा अपराध नियन्त्रण, सीमा स्तम्भको सुरक्षा, मानव बेचबिखन, मदिरा तथा लागुऔषधको ओसारपसार नियन्त्रण, अबैध मुद्राको अपचलन नियन्त्रणलगायतको विषयमा छलफल भएको जिल्ला प्रहरी कार्यालयमहोत्तरीले जनाएको छ। बैठकमा भारतीयपक्षबाट सीतामढी जिल्लाका एसपी मनोज कुमार तिवारी, डिएम रिचि पाण्डेय, एसडिएम सञ्जिव कुमार तथा नेपालको तर्फबाट महोत्तरी र सर्लाहीका प्रम७३घढसख जिल्ला अधिकारीद्वय गोपाल कुमार अधिकारी एवम् शिवराम गेलालको सहभागिता रह्यो। मटिहानी नगरपालिकाका नगरप्रम७३घढसख हरिप्रसाद मण्डलको विशेष उपस्थिती रहेको नेपाल–भारत सीमाना जिल्ला समन्वय वैठकमा महोत्तरी, सर्लाही र रौतहटकाप्रहरी उपरिक्...

जलेश्वर नगरपालिकास्तरीय युवा नीति २०८१ तयार गर्न अकाउन्टाबिलिटी ल्याव नेपालसँग सहकार्य

Image
महोत्तरी, ९ साउन । जलेश्वर नगरपालिकाले युवा नीति २०८१ को मस्यौदाका लागि अकाउन्टाविलिटी ल्याब नेपालसँग सहकार्य गर्न निर्णय गरेको छ । नगर प्रमख सुरेश साह सोनारको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख रोशन खातुन, वडाअध्यक्षहरु अनिल झा, बरुण दहाल, रतनकुमार चौधरी, हरिश्चन्द्र महतो, रबिन्द्र साह, विजय कुमार सिंह, मनोज साह, मनोज महतो तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वनाथ साह, सूूचना प्रविधि अधिकृत नितेश चौधरीलगायतको उपस्थिती रह्यो । बैठकबाट मनोज साहको संयोजकत्वमा युवा नीति २०८१ मस्यौदा समिति चयन भयो । 

महोत्तरीमा पुरस्कार पाउने भन्दा कारवाहीमा बढी सुरक्षाकर्मी

Image
राकेशप्रसाद चौधरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत सुरक्षाकर्मीमध्ये पुरस्कार पाउने भन्दा कारवाहीमा पर्नेको संख्या बढी देखिएको छ । प्रहरी नायव उपरीक्षक सुन्तुलाल जैसवारले भने,“कारवाहीमा पर्नेको संख्या ३२ छ भने पुरस्कार पाउनेको संख्या २५ देखिएको छ ।” गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सम्पादन भएका कामहरूबारे जानकारी दिने क्रममा उनले जनगुुनासो तथा आन्तरिक कार्य सम्पादनमा देखिएको कमीका आधारमा प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सहयोगीसम्मलाई कारवाही भएकोे बताए । जिल्ला प्रहरी कार्यालयमा पुुरस्कार पाउने प्रहरीको संख्या देखिएपनि इलाका प्रहरी कार्यालय बर्दिवासमा २४ तथा इलाका प्रहरी कार्यालयमा ४३ जना छन् । दुबै इलाकामा कुनै प्रहरी कारवाहीमा परेका छैनन । कार्यालय प्रमुखलाई गुुमराह गरेको, आदेश नमानेको, पेस्तोल चेक चेम्बर गर्ने बेलामा फायर भएको, भन्सार छलीको सामान नियन्त्रणमा लिई जाहेर नगरेको, सन्तोषजनक काम नगरेको, थुुनुवालाई सुर्तीजन्य पदार्थ दिएको, पोशाकमा मादकपदार्थ सेवन गरेको, आफूखुशी लाइन ब्यारेक छाँडी हिडेको तथा झैझगडा गरेको आरोपमा उनीहरूलाई नसिहत, बढुवा रोक्का, न...

दुई देशको सीमावर्ती क्षेत्रमा अपराध गर्नेको सूचना आदान प्रदान

Image
 राकेशप्रसाद चौधरी महोत्तरी । महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सीमावर्ती भारतीय जिल्लाका समकक्षीसँग छलफल हुँदा आपराधिक क्रियाकलापमा भएका ब्यक्तिहरूको सूचना आदान प्रदान निरन्तर भइरहेको बताएका छन् । उनले भने,“दुई देशको सीमावर्ती क्षेत्रमा अपराध गर्नेको सूचना आदान प्रदान हुन्छ तर सीमावर्ती भारतीय कारागारमा कतिजना नेपाली रहेको अथवा नेपाली कारागारमा कतिजना भारतीय रहेकोबारे कुनै चर्चा हुँदैन ।” जिल्ला प्रशासन कार्यालयले पहिलो पटक आयोजना गरेको बार्षिक प्रगति सार्वजनिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलालले १४३ वटा हातहतियार नविकरण, एउटा हातहतियार नामसारी, एउटा रासायनिक पदार्थ/विष्फोटक पदार्थ अनुमति सिफारिस, दर्ता भएका १५१ मध्ये ७० वटा मुद्धा फर्छयौट भएको जानकारी दिए ।  “मदिरा बिक्री वितरणको इजाजत दिँदा निश्चित ठाउँ भन्दा पनि वडा तोकिने नियमले व्यवसायी मन लागेको ठाउँमा पसल खोल्दा उत्पन्न भएको समस्या समाधानका लागि पालिकाहरू समन्वय गरिरहेको छौं,”उनले भने,“ जिल्लाबाट गैरआवसिय नागरिकता वितरण शुरू गरिसकेका छौं । अहिलेसम्म दुईजनाले गैरआवसिय नागरिकता प्रदान गरिसकेक...

केपी शर्मा ओली २९ बर्षपछि जलेश्वर महादेव मन्दिरमा

Image
 राकेशप्रसाद चौधरी जलेश्वर, २२ माघ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली २९ बर्षपछि जलेश्वर महादेव मन्दिरमा पुगेका छन् । उनले जलेश्वरको बिकासमा आफू अग्रसर रह्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । महोत्तरीको छैठौं जिल्ला अधिवेशन उद्घाटनका लागि जलेश्वर आएका ओलीले २९ बर्षपछि जलेश्वर महादेवको पुजापाठ गरेका हुन् । जलेश्वर महादेवको शिवलिङ्ग २० फिटमुनि जलगुफामा छ । उनी गृहमन्त्री छँदा गणेश मन्दिरको शिलान्यास गरेको स्मरणात्मक शिलालेख समेत नियालेका थिए । युवा नेता शिवचन्द्र सिंहले शिलालेख पढेर तपाई २०५१ साल चैत १५ गतेपछि यहाँ आउनुभएको सुनाएपछि उनी हाँस्दै अगाडि बढेका थिए ।  जलेश्वर महादेव मन्दिरभित्र जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार तथा उपप्रमुख रौशन खातुनले अध्यक्ष ओलीलाई स्वागत तथा सम्मान गरेका थिए । दुबैजना जनता समाजवादी पार्टीबाट जलेश्वर नगरपालिकामा निर्वाचित छन् । त्यस्तै अध्यक्ष ओलीले जलेश्वरमा निर्माण हुनलागेको नेकपा एमालेको जिल्लास्तरीय पार्टी कार्यालयको लागि भूमिपुजन गरेका थिए ।  

महोत्तरी गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कमा १०० प्रतिशत अंक

 महोत्तरी गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कमा १०० प्रतिशत अंक राकेशप्रसाद चौधरी मधेश प्रदेश महोत्तरी गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(लिजा) मा शतप्रतिशत अङ्क प्राप्तगरि सवै स्थानीय तहलाई चकित बनाएको छ । यस प्रदेशको १३६ मध्ये ९२ वटा स्थानीय तहले पेश गरेको लिजाको नजितामा महोत्तरी गाउँपालिकाले एकसय पूर्णाङ्कमध्ये शतप्रतिशत अङ्क प्राप्त गरेको उल्लेख छ । पालिकामध्ये सवैभन्दा कम रौतहटको फतुवा विजयपुर नगरपालिकाको २३ प्रतिशत अङ्क छ । आर्थिक वर्ष २०७८÷७९ मा सवैभन्दा कम पर्साको बिन्देवासिनी गाउँपालिकाको १३.२५ प्रतिशत तथा धनुषाको जनकपुर उपमहानगरपालिको सवैभन्दा बढी ८९ प्रतिशत अङ्क प्राप्त गरेको थियो । महोत्तरी गाउँपालिकाको ७७.५ प्रतिशत थियो भने फतुवा विजयपुर नगरपालिकाले स्वमूल्याङ्कन नै गरेको थिएन् । आर्थिक वर्ष २०७९÷८० मा जनकपुर उपमहानगरपालिकाको ७२.७५ प्रतिशत अङ्क मात्र छ । मधेश प्रदेशको औसत अङ्क ६४.५५ प्रतिशत छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ ...

हरूवाचरवालाई परिचयपत्र दिने तयारी

 राकेशप्रसाद चौधरी मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले सामन्ती र जमिन्दारले बनाएका हरवाचरवा र उनका सन्तानसमेत पीडामा रहेकाले लगत तयार गरि परिचयपत्र जारी गर्ने तयारी भइरहेको बताएका छन् । जलेश्वरमा हरवाचरवाको दोस्रो महोत्तरी जिल्ला सम्मेलनमा बोल्दै उनले कृषि र पशुपालनमा अनुदानको ब्यबस्था अगाडि बढाइसकेको जानकारी दिएका छन् । मन्त्री न्यौपानेले हरवाचरवाको आर्थिक सशक्तिकरणका लागि कृषिमा महिला स्वयंसेविका खटाउने तयारी भइरहेकोबारे खुलासा गरेका छन् । आर्थिक र समाजिक रूपमा पछाडि परेका तत्कालिन बधुवा मजदुुरका परिवार अहिलेपनि हरवाचरवाको पीडा भोगिरहेका छन् । स्थानीय भाषामा हलो जोत्नेलाई हरवाहा र पशुको हेरचाह गर्ने र चराउनेलाई चरवाहा भन्ने गरिन्छ ।  मधेशमा सामन्ती किसानी र जमिन्दार प्रथा अन्त्य भएपनि हरवाचरवाभई बधुवा मजदुरजस्तै दास जीवन बिताएका परिवारका सन्तान अहिले आर्थिक र सामाजिक रूपमा निकै पछाडि छन् । गतबर्ष संगठित भइ उनीहरू मधेशमा हरवाचरवा अधिकार यात्रा निकालेका थिए । मधेश प्रदेशभित्र १ लाख ६० हजार ४५२ परिवार हरवाचरवा रहेको अनुमानित तथ्यांक अध...