सामाजिक आन्दोलनमा योगदान पुर्याएका १३ महिला नेतृका जीवन, संघर्ष र योगदान
महोत्तरीको जलेश्वरस्थित नेपाल पत्रकार महासंघको सभाहलमा नेपालका विभिन्न सामाजिक आन्दोलनमा योगदान पुर्याएका १३ महिला नेतृका जीवन, संघर्ष र योगदान समेटिएको अनुसन्धानमूलक पुस्तक ‘संघर्षले बुनेका साझा सपना’ को लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। भ्वाइसेज अफ वुमन मिडियाको आयोजनामा भएको यस कार्यक्रममा मरनी देवी, राम लखन साह, ललिता सिंह दनुवार र सुमित्रा सदाले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो। कार्यक्रममा समाजमा रहेका कुरीति र उत्पीडनविरुद्ध महिलाहरूले गरेको प्रतिरोधका कथाहरूमाथि विशेष छलफल गरिएको थियो। विशेषगरी, बोक्सीको आरोप लगाइएकी मरनी देवीको जीवन-कथा, उहाँको व्यक्तिगत संघर्ष र यससँग जोडिएका कानुनी परिवर्तनका आयामहरूमाथि गहन विमर्श भयो। साथै, मिटरब्याज पीडितहरूको आन्दोलन र मुद्दालाई प्रतिनिधित्व गर्दै ललिता सिंह दनुवारको कथा र अनुभवमाथि पनि विस्तृत चर्चा गरियो। कार्यक्रममा सहभागी तत्कालीन पत्रकारहरू, अनुसन्धानकर्ताहरू तथा सामाजिक अभियन्ताहरूले नेपालको सामाजिक तथा कानुनी इतिहासका यी संघर्षहरूलाई अभिलेखीकरण गरी भावी पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकतामाथि जोड द...