राकेशप्रसाद चौधरीको रेडियो अनुभव
फुर्सद भए अहिले पनि रेडियो सुन्न खोज्छु राकेशप्रसाद चौधरी मेरो बाल्यकालमा एउटा जिज्ञासा हुन्थ्यो, कसरी रेडियोमा मानिस छिरेर बोल्छ । रेडियो सुन्न नचाहेपनि देश, विदेशको समाचार र गीतसंगीत कानसम्म नपुगेको कुनै दिन थिएन । हाम्रो क्षेत्रमा हिन्दी प्रेमी स्रोता बढी थिए । त्यसपछि त रेकर्ड गर्न मिल्ने, क्यासेट बजाउने मिल्ने र रेडियो सुन्ने मिल्ने एउटै रेडियो हुँदा आनन्दको मापन गर्न नसकिने । आवाजमा गडबड हुने बित्तिकै अर्को दिन ब्याट्री घाममा सुकाउनुपर्ने बाध्यता पनि थियो । रेकर्ड गर्न मिल्ने भएकोले एकैपटक पाँचवटा ब्याट्री ख्वाउनुपर्ने बाध्यता थियो । स्थानीय र काठमाण्डौको छापामाध्यमबाट पत्रकारिता शुरु गरेकोमा मलाई काठमाण्डौकै एचबीसी एफएममा जनकपुर क्षेत्रबाट समाचारदाताको रुपमा काम गर्ने अवसर प्राप्त भयो । काठमाण्डौको मेरो बसाइमा कमी आउन थाल्यो । तथापि काठमाण्डौ आउनेजाने क्रम बाक्लो नै थियो । राज्य र माओवादीबीच हुने द्वन्द्वको समाचार पठाउने गर्थे । सोही बेलामा समाचारवापत प्राप्त पारिश्रमिकले रेकर्ड गर्न मिल्ने मोवाइल फोन पनि किनेको थिए । समाचार र टेलिफोन वापत एकमुष्ठ मासिक खर्च दिन...