राकेशप्रसाद चौधरी-वरिष्ठ पत्रकार
राकेशप्रसाद चौधरी वरिष्ठ पत्रकार २०६३–२०७२ को सम्झना । यो दशक २०५३–२०६२ भन्दा फरक तरीकाले अध्ययन, अनुसन्धान, पुस्तक प्रकाशन, सम्पादन एवं शिक्षण प्रशिक्षणमा बित्यो।यही दशकमा पत्रकार महासंघको जिल्लास्तरको नेता बनेपनि २०६८ सालमा मध्यमाञ्चलको नेता बन्ने सपना चकनाचुर भएको समय। जनआन्दोलन तथा मधेश आन्दोलनको स्थलगत सूचना संकलन गर्न अहोरात्र खट्ने संवाददाता । नेपाल एफएम एवं इमेज च्यानलमा जिल्ला संवाददाता ।आन्दोलनकै क्रममा एचबिसी एफएम बन्द भएकोले बिनोद ढुंगेल दाजुले नेपाल एफएममा ढोका खोलिदिनुभएको । एउटा समाचारको सय रुपैया । सूचनाको हकको लडाईंका सिपाही बनेको समय पनि । तर जीवन आशा नै आशाले भरिएको शुरुवात पनि थियो । महासंघको केन्द्रिय सदस्यमा हारेपछि नेपाल पत्रकार महासंघ केन्द्रबाट केही साथीहरुसँगै द्वन्द्व संवेदनशिलता पत्रकारिता तालिमको प्रशिक्षकको जिम्मेवारी पाएर पाँचथर र बाँके जिल्लासम्म पुगेको थिए । लेखिएको समाचार अन्तर्राष्ट्रियस्तरसम्म पुगेको दशक थियो यो । अन्तराष्ट्रियस्तरका तालिम तथा कार्याशालाहरुमा अनलाइनबाट सहभागिता हुने थुप्रै अवसरहरु भेटियो। फोटो पत्रकारितामा समेत...