Posts

Showing posts from December, 2025
Image
पत्रकारिताः महोत्तरीको विगत र वर्तमान राकेशप्रसाद चौधरी* विषय प्रवेश महोत्तरीमा पत्रकारिताको इतिहासलाई नियाल्दा मुख्य रूपमा दुईवटा विषयबारे चर्चा गर्नुपर्ने हुन्छ । महोत्तरीबाट बाहिरका छापामाध्यममा समाचार पठाउने गरिएकोे विषय पहिलो हो भने दोस्रोमा महोत्तरीबाट नै प्रकाशन, प्रशारण हुने पत्रपत्रिका, रेडियो एफएम तथा अनलाइनबारे दोस्रो विषयको रूपमा उठान गरेको छु । पत्रिका दर्ता गर्ने बेला नेपाली, मैथिली, हिन्दी, अंग्रेजी, मगही, थारु, भोजपूरीसहितको भाषासँगै भाषा राख्ने गरिएपनि नेपाली भाषालाई प्राथमिकतामा राखिएको पाइन्छ । अनलाइनले नेपाली भाषालाई प्राथमिकता दिएपनि एफएमहरूले मातृभाषालाई बढी स्थान दिएका छन् ।  राणाकालिन समयमा मात्र नभई २००७ सालको प्रजातन्त्रपछि २०१८ सालसम्म जलेश्वर, जनकपुरमा हुने पत्रकारितालाई महोत्तरीसँग नै जोडिएर अध्ययन गरिन्छ। तसर्थ यहाँ प्रस्तुत भएका विषयवस्तुहरू हाल प्रचलनमा रहेको महोत्तरी जिल्ला र जलेश्वर केन्द्रलाई प्राथमिकतामा राखिएको छ। जलेश्वर क्षेत्रबाट २०१० सालबाट पत्रकारितामा उदाएका रामस्वरुप प्रसाद बी.ए. र २०१७ बाट उदाएका विन्देश्वरी प्रसाद मण्डल पछि छापामाध्यम, ...