Posts

Showing posts from 2023

महोत्तरीमा धानखेतीको जग्गा र उत्पादकत्व घट्यो

 महोत्तरीमा धानखेतीको जग्गा र उत्पादकत्व घट्यो राकेशप्रसाद चौधरी महोत्तरी जिल्लामा यसबर्ष गतबर्षको तुलनामा बर्षेधानखेतीको लागि जग्गा घट्नुका साथै उत्पादकत्वमा कमी आएको छ ।  मौसमको प्रतिकूलता, सिंचाईको अभाव र जमिनको उर्वराशक्तिमा ह्रास आएपछि बर्षेधानको उत्पादनकत्व प्रति हेक्टर ०.४२ मेट्रिक टनले घटेको हो । कृषि बिज्ञान केन्द्रका निमित्त प्रमुख मनिषकुमार पालले गतबर्ष बर्षेधानको उत्पादकत्व प्रतिहेक्टर ३.४९ मेट्रिक टन रहेकोमा योबर्ष ३.०७ मा झरेको बताए । धान उत्पादनमा कमी आएपछि यो बर्ष पनि महोत्तरीवासी चामलको लागि भारतीय बजारमा निर्भर हुनुपर्ने देखिन्छ । यस महोत्तरी जिल्लामा ३९ हजार ८ सय ७० हेक्टरमा बर्षेधान लगाइएको थियो । गतबर्षभन्दा ३ हजार ८ सय ८० हेक्टर कम जग्गामा बर्षेधान खेती भएको निमित्त प्रमुख पालले जानकारी दिए ।  किसानहरू अनुसार समयमै पानी नपर्ने तथा चुरेक्षेत्रबाट आउने नदीहरूबाट अत्याधिक मात्रामा नदीजन्य पदार्थ दोहन हुनथालेपछि खेतीगर्न र पानीको अभाव देखिएको हो । बर्दिवास केन्द्रित रानजनीतिकर्मी तथा अभियन्ताले कृषियोग्य जग्गा मरूभूमिमा परिणत भइ अन्न र पानीको संकट निम्ति...

महोत्तरी जिल्लामा उद्योग दर्ता निराशाजनक

 महोत्तरी जिल्लामा उद्योग दर्ता निराशाजनक राकेशप्रसाद चौधरी स्थानीय पालिका, राजश्व कार्यालय, स्थानिय उद्योग वाणिज्य संघ लगायतका ठाउँमा कर तिनुपर्ने बाध्यताका कारण महोत्तरी जिल्लामा साना उद्योग दर्ताको संख्यामा कमी आएको छ। घरेलु तथा साना उद्योग कार्यालय जलेश्वरको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९÷८० मा ८ सय ३४ साना उद्योग दर्ता भएका हो।दर्ता भएकोमध्ये साझेदारी १० र प्रा.लि २६ बाहेक अन्य प्राइभेट फर्म छन्। निमित्त कार्यालय प्रमुख रामेश्वर सिंह भन्छन्,‘एउटा उद्योग दर्ता गराउन चार ठाउँमा कर तिर्नुपर्छ। हाम्रो कार्यालयमा पाँचबर्षपछि नविकरण गराउनुपर्ने कानुन प्रावधान छ। अन्य ठाउँमा बर्षपच्छिे नविकरण गराउने कानुन भएकोले उद्योगीलाई आर्थिक भार अधिक पर्छ।’  बजारमा आर्थिकमन्दीका कारण उत्पादित सामग्री बिक्री कम हुने समस्या देखिएको छ। दर्ता भएका उद्योगहरू बन्द हुने र नविकरण नगर्ने समस्या देखिएको बताउँदै सिंह भन्छन्,‘गत आर्थिक बर्षमा ५१ साना उद्योगले लगत कट्टा गराए भने ५ सय ६५ को मात्र नविकरण भएको छ। वाणिज्य तर्फ ७ सय ५ दर्ता, १ हजार १ नविकरण र ८४ वटा लगत कट्टा भयो।’   आर्थिक बर्ष २...

लागु औषध गाँजा नियन्त्रण

भन्सार छलिका अबैध सामानहरु बरामद मिति २०८०।०४।१७ गते अं.०९;४० बजेको समयमा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरि विभिन्न किसिमका सामानहरु ल्याउँदै गरेको अवस्थामा खटि गएका प्रहरी गस्ति टोलीलाई देख्ना साथ उक्त अं.मु. रु.९,६००।–(नौं हजार सय सय) बराबरको सामानहरु सोही स्थानमा छाडी फरार भएको हुँदा प्रहरीले फेला पारि नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाउने प्रकृया भईरहेको । भन्सार छलीका अबैध कुखुरा नष्ट मिति २०८०।०४।१७ गते अं.११;०० बजेको समयमा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरि अं. ६० कि.लो कुखुरा ल्याउँदै गरेको अवस्थामा खटि गएको प्रहरी गस्ति टोलीलाई देख्ना साथ उक्त अं.मु.रु. २०,०००।–(बीस हजार) बराबरको कुखुराहरु सोही स्थानमा छाडि फरार भएको हुँदा प्रहरीले फेला पारि नियन्त्रणमा लिई उक्त कुखुरा भद्र-भलादमीहरुको रोहबरमा खाल्ड खनी पुरी नष्ट गरिएको । लागु औषध गाँजा नियन्त्रण मिति २०८०।०४।१७ गते अं.१२;३० बजेको समयमा जिल्ला महोत्तरी औरही नगरपालिका वडा नं.०२ फुलबरीया चेपकट जाने बाटोमा ऐ. ऐ. बस्ने बर्ष ४० को श्याम श्रेष्ठको उख...

स्वास्थ्यकर्मी र सामाजिक अभियन्ताले मधेशमा रोकेका थिए कोभिड१९ बारेको भ्रम

Image
  स्वास्थ्यकर्मी र सामाजिक अभियन्ताले मधेशमा रोकेका थिए कोभिड१९ बारेको भ्रम राकेशप्रसाद चौधरी जलेश्वर प्रादेशिक अस्पतालको खोप केन्द्रमा कोभिड१९ बिरुद्धको भ्यासिन लगाउने काम स्थगित छ।मधेशको अन्य अस्पतालको खोप केन्द्रमा समेत भ्यासिन लिन आउन छोडेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड१९ बिरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) लिन बिशेष उमेरका ब्यक्तिलाई आग्रह गरेपनि सबैले भ्यासिन लिन चाहेनन्। नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या ८३.१ प्रतिशत छ।त्यसको पचास प्रतिशतले समेत अतिरिक्त मात्राको खोप लिएका छैनन। अर्थात ३२ प्रतिशत रहेको बीबीसी संचारमाध्यमले लेखेको छ। जलेश्वर अस्पतालस्थित खोप केन्द्रकी स्वास्थ्यकर्मी कविता झाका अनुसार पूर्ण मात्रा खोप लिनेमध्ये केहीले मात्र बुस्टर डोज लिने गरेको बताइन्। थप बुस्टर डोज लिनेमा सेना, प्रहरी, स्वास्थ्यकर्मी मात्र थिए। अब थप मात्रा खोप नलिए पनि हुने धारणा बनिरहेको बताउँदै भनिन्,‘यस्तो धारणालाई तत्काल परिवर्तन गर्न खोपको ब्यबस्था, संचारमाध्यम र समूदायको बिशेष भूमिका छ।यसले विशेष उमेरका ब्यक्तिलाई भ्यासिन लिन प्रोत्साहित गर्नेछ।’ अहिले म...

रेशम चौधरीले गरे सशस्त्र असई थमनको हत्यामा आरोपित तीनजनासँग भेटघाट

Image
 रेशम चौधरीले गरे सशस्त्र असई थमनको हत्यामा आरोपित तीनजनासँग भेटघाट महोत्तरी, १६ साउन । राकेशप्रसाद चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आइतवार मधेश आन्दोलनकको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपित तीनजनासँग भेटघाट गरेका छन्। जलेश्वर कारागारमा ८ बर्षभन्दा बढी समयदेखि पूर्पक्ष कैदी जीवन बिताइरहेका जलेश्वर नपा–१ का प्रदीप साह माझी, संजयकुमार साह र जलेश्वर नपा– ९ का पवन कापरसँग उनले भेटघाट गरेका छन् । भेटघाटको क्रममा अध्यक्ष चौधरीले महान्याधिवक्तासँग तत्काल यो विषयसँग सम्बन्धि मुद्धा फैसलाको लागि पेशी चढाउन अपील गर्ने आश्वासन दिएका छन् । चौधरीले भने,“कुनै आन्दोलनकारीलाई न्यायको हकबाट बंचित गर्न मिल्दैन। दोषी अथवा निर्दोष जे जस्तो होस्, समयमै फैसला हुनुपर्छ। जिल्ला अदालतले ८ बर्षभन्दा बढी समय पूर्पक्षमा राख्नु न्यायोचित होइन ।” एउटै मुद्धामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख रामशंकर मिश्र तथा  मोहन ठाकुर सधारण तारेखमा हुनु र आफ्नो पति प्रदीपसँगै तीनजना कारागारमा हुनु अन्य...

उपराष्ट्रपति रामसहाय प्रसाद यादव मटिहानीमा

Image
उपराष्ट्रपति रामसहाय प्रसाद यादव मटिहानीमा महोत्तरी, १६ साउन । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मटिहानीमा निर्मित ११० फिट उचाईको पोलमा राष्ट्रिय झण्डा फहराएका छन्। मंगलवार विहान मटिहानी पुगेका उपराष्ट्रिपति यादवले तस्मैयाबाबा पार्कमा निर्माण गरिएको ११० फिट उचाईको पोलमा राष्ट्रिय झण्डा लगाउँदै उद्घाटन गरेका हुन्। नेपालको पहिलो गुरुकुल राजकीय संस्कृति माविको अवलोकन,बटुकसँग भेटघाट गर्नुका साथै उनी लक्ष्मीनारायण सरोवरमा आरती एवम् मटिहानी मठमा पुजापाठ गरेका थिए। वैष्णव तथा रामानन्द सम्प्रदायको प्रमुख मठको रुपमा रहेको लक्ष्मीनारायण मठलाई सयौं बर्ष अगाडि तस्मैया बाबाले स्थापना गरेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए। सोही स्थानमा १७७५ सालदेखि नै गुरुकुलमा पठ्नपाठन भइरहेकोले नेपालको पहिलो गुरुकुलका रुपमा राजकीय संस्कृत मावि रहेको प्रधानाध्यापक ईश्वरी पौडेलले दावी गर्दै आएका छन् ।  

महोत्तरीमा ९ सय ३८ जनाको हुलाक निक्षेप र कर्जा राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण

Image
 राकेशप्रसाद चौधरी महोत्तरी, ९ साउन । जिल्ला हुलाक कार्यालय महोत्तरीले आफ्ना खाताधारीको निक्षेप र कर्जा राष्ट्रिय वाणिज्य बैंकको जलेश्वर शाखामा हस्तान्तरण गरेको छ । निमित्त हुलाक अधिकृत दिलीप कुमार राउतले चेकमार्फत ३ करोड ४६ लाख ३३ हजार ९ सय ७८ रूपैया २० पैसा राष्ट्रिय वाणिज्य बैंकको जलेश्वर शाखामा हस्तान्तरण गरेको छ । हुलाक सेवा विभाग र केन्द्रीय धनादेश कार्यालयको निर्देशन बमोजिम ९ सय ३८ खाताधारीको निक्षेप र कर्जा विवरण राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरिएको राउतले बताए । कर्जा लगानी भएको २८ लाख ३० हजार रूपैया असुल गर्ने अब सम्बन्धित बैंककै रहेको उनले जानकारी दिए ।  बैंकका शाखा प्रबन्धक मन्जुर राईनले खाताधारीको सम्पूर्ण विवरण अध्यावधिक गरेर शिध्र खाता संचालनमा ल्याइने जानकारी दिएका छन् । नेपालमा २०३३ सालदेखि संचालित हुलाक बचत बैंक सेवा असार १२ गतेको मन्त्रीपरिषद वैठकबाट निरन्तरता नदिने निर्णय भएको हो ।