महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुख पदमा ९ जना
महोत्तरी, भदौ १३ । तेस्रो चरणअन्तर्गत् प्रदेश नम्बर–२ मा हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुख पदमा ९ जना आकांक्षी देखिएका छन् । पार्टी चुनावमा जाने निर्णय गरेलगत्तै महोत्तरी जिल्लामा पार्टीले उम्मेदवारको टुंगो लगाउन खटाएको केन्द्रीय पर्यवेक्षक गोविन्द चौधरीकाअनुसार जलेश्वरमा सर्वसम्मतिको वातावरण बन्न नसकेपछि प्रमुख पदमा ९ जना सम्भाव्य उम्मेदवारका नाम आएका छन् । राजपा नेपालबाट नगरप्रमुख पदका सम्भाव्य उम्मेदवारमा सुशील शर्मा, सुरेश पाण्डे, सुरेशप्रसाद सिंह, सुरेन्द्रप्रसाद सिंह, दीपुकुमार साह, रामशंकर मिश्र, रोशन महासेठ, रामसिकिल चौधरी र जयरुद्र झा रहेको केन्द्रीय पर्यवेक्षक चौधरीले बताए । त्यस्तै, उपप्रमुखमा पनि सहमतिको वातावरण बन्न नसकेपछि पाँचजनाको नाम आएको पर्यवेक्षक चौधरीले बताए । उपप्रमुखका लागि गुन्जनकुमारी राय, मुनचुनदेवी महतो, अनिताकुमारी साह, प्रान्ती पाठक र कलिमा खातुनको नाम आएको उनले बताए । राजपा नेपालका विगत तीन दिनदेखि पटक–पटक जलेश्वरमा बसेको बैठकले सर्वसम्मतिको वातावरण तयार गर्न नसक...