राकेशप्रसाद चौधरी-वरिष्ठ पत्रकार

राकेशप्रसाद चौधरी 

वरिष्ठ पत्रकार 

 २०६३–२०७२ को सम्झना । यो दशक २०५३–२०६२ भन्दा फरक तरीकाले अध्ययन, अनुसन्धान, पुस्तक प्रकाशन, सम्पादन एवं शिक्षण प्रशिक्षणमा बित्यो।यही दशकमा पत्रकार महासंघको जिल्लास्तरको नेता बनेपनि २०६८ सालमा मध्यमाञ्चलको नेता बन्ने सपना चकनाचुर भएको समय। जनआन्दोलन तथा मधेश आन्दोलनको स्थलगत सूचना संकलन गर्न अहोरात्र खट्ने संवाददाता । नेपाल एफएम एवं इमेज च्यानलमा जिल्ला संवाददाता ।आन्दोलनकै क्रममा एचबिसी एफएम बन्द भएकोले बिनोद ढुंगेल दाजुले नेपाल एफएममा ढोका खोलिदिनुभएको । एउटा समाचारको सय रुपैया । सूचनाको हकको लडाईंका सिपाही बनेको समय पनि । तर जीवन आशा नै आशाले भरिएको शुरुवात पनि थियो । महासंघको केन्द्रिय सदस्यमा हारेपछि नेपाल पत्रकार महासंघ केन्द्रबाट केही साथीहरुसँगै द्वन्द्व संवेदनशिलता पत्रकारिता तालिमको प्रशिक्षकको जिम्मेवारी पाएर पाँचथर र बाँके जिल्लासम्म पुगेको थिए । लेखिएको समाचार अन्तर्राष्ट्रियस्तरसम्म पुगेको दशक थियो यो । अन्तराष्ट्रियस्तरका तालिम तथा कार्याशालाहरुमा अनलाइनबाट सहभागिता हुने थुप्रै अवसरहरु भेटियो।  फोटो पत्रकारितामा समेत राम्रो प्रदर्शन। समाचार विद्यामा फोटो जर्नालिष्ट क्लवको प्रतियोगितामा दोस्रोस्थान प्राप्त गरेको थियो । यो दशकमा सम्मान र पुरस्कार पाएको उर्वर बेला थियो । 

यो दशक मेरो लागि प्रेम र द्वन्द्वको दशक थियो । खोज पत्रकारिता र समाज विज्ञानका अभ्यासको समय थियो । महोत्तरीको इतिहास, जलेश्वरके खोजकर्ता, जलेश्वर परिचय, खिचडी कविता संग्रहको प्रकाशन तथा मानवअधिकार संरक्षण केन्द्रबाट न्यायिक आबाजको सम्पादनको अवसर जुरेको थियो । हिमाल एशोसिएसन अन्तर्गत खोज पत्रकारिता केन्द्रको पत्रकारिता पाठशालामा सिक्ने अवसर पाएको थिए । यो दशकमा राष्ट्रिय तथा अन्तराष्ट्रि मिडिया फेलोसिपहरु लेखे । संचारिकामा फिचरहरु लेखिएको बेला पनि हो । हिमालमा जाँदा भर्खरै अनलाइनमा गएको र त्यसमा फाटफुट लेखेको बेला । समय साप्ताहिकले पनि स्थान दिएको । यो सिकाइभन्दा पनि पत्रकारिताको स्वर्णकाल थियो मेरो लागि । मधेश आन्दोलनकै सेरोफोरोमा गठन गरेको मधेश मिडिया सोसाइटी नेपालबाट जिल्लामा पत्रकारिता तालिम तथा सम्मानहरु गराएको बेला थियो यो दशक । यो सोसाइटी पनि जोगाउन सकिएन किनभने नविकरण गर्न मनै लागेन । मधेश आन्दोलनमा घाइते भए, भिडियो क्यामरा, डिजिटल क्यामरामा हानी पुग्यो । तर पहुँच नभएर वा आफ्नो पीडा बेच्न नजानेर होला कही कतैबाट सहयोग नपाएको समय थियो । जनकपुर र जलेश्वरमा एफएमहरु स्थापना हुँदा प्रत्यक्ष जोडिएको समय मात्रै नभई जलेश्वरमा पहिलो पटक साइबर क्याफे र लोकसेवा कम्प्युटर तयारी कक्षा खोलेको पनि यही दशक हो ।  व्यवसाय र स्थानीय एफएमहरुसँग टाढिएको दशक पनि यही थियो । धेरैभन्दा धेरै साथीभाईमात्र नभई अग्रजहरुसँगको पत्रकारिता एवं सामाजिक कार्यक्रमहरुमा प्रशिक्षण गराएको यो दशक थिए होला । मैले २०७२ पछि बढी समय अनुसन्धान, खोज पत्रकारिता, बिदेश भ्रमण र भिजिट जलेश्वरमा लागि खर्च गरिरहेकाे छु ।

Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism