नेपालमा सूचनाको हकको कार्यान्वयन, प्रवर्द्धन र संस्थागत विकासमा पत्रकार तथा सूचना अभियन्ता राकेशप्रसाद चौधरीको योगदान

नेपालमा सूचनाको हकको कार्यान्वयन, प्रवर्द्धन र संस्थागत विकासमा पत्रकार तथा सूचना अभियन्ता राकेशप्रसाद चौधरीको योगदान महत्त्वपूर्ण रहेको छ। महोत्तरीको जलेश्वरलाई मुख्य कार्यक्षेत्र बनाएर तीनदशकदेखि खोज पत्रकारिता र सूचनाको हकको अभियानमा सक्रिय चौधरीले मधेस प्रदेश र समग्र देशमै सार्वजनिक निकायहरूलाई उत्तरदायी बनाउन उल्लेख्य भूमिका खेल्दै आएका छन् । नेपाल पत्रकार महासंघ महोत्तरीमा उपाध्यक्ष हुँदा सूचनाको हकसम्बन्धी ऐन निर्माण र त्यसपछि नियमावली निर्माणका लागि दबाबमूलक कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाएका थिए । 



सन् २०१८ मा काठमाडौंमा सूचनाको हकको सर्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित विशेष समारोहमा उनलाई ‘उत्कृष्ट सूचनाको हकको अभियन्ता’को रुपमा सम्मानित गरिसकेको छ ।
महोत्तरीलाई मुख्य कार्यक्षेत्र बनाएर राष्ट्रिय स्तरमै सूचनाको हकको वकालत गर्ने चौधरी हाल नेपाल सूचनाको हक लागि राष्ट्रिय महासंघ  को केन्द्रीय उपाध्यक्ष समेत हुन्। उनले आरर्टीआई जर्नलसहितका पुस्तक तथा विभिन्न अनलाइनमा सूचनाको हक सम्बन्धि लेख र समाचारहरु प्रकाशन गरेका छन । 
महोत्तरी तथा मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा सर्वसाधारण र स्थानीय पत्रकारहरू माझ सूचनाको हक सम्बन्धी चेतना फैलाउन उनले निरन्तर वकालत गरिरहेका छन् । उनले आरटीआई महोत्तरीमार्फत सन् २०१० देखि स्थानीय सार्वजनिक निकायहरूमा सूचना अधिकारीको व्यवस्था गराउन, त्रैमासिक रूपमा सूचना स्वतः प्रकाशन गर्न दबाब दिन र नागरिकलाई सूचना माग्ने ढङ्ग सिकाउन अहम् भूमिका निर्वाह गरेका छन् । त्यस्तै नागरिक समाज सञ्जालमार्फत विभिन्न तालिमहरु गराएका छन् । राष्ट्रिय सूचना आयोगले सन् २०१७ मा आयोजना गरेको राष्ट्रिय निबन्ध प्रतियोगितामा उनले सूचनाको हकका अभियन्ता विधाू तर्फ देशभरीबाट द्वितीय पुरस्कार हासिल गरे। त्यस्तै सन् २०१५ मा नेपालमा सूचनाको हकको अवस्था र आवश्यकता विषयमा पत्रकार र सरकारी सूचना अधिकारीहरूका बीच आयोजना गरेको राष्ट्रिय निबन्ध प्रतियोगितामा उनले  तृतीय पुरस्कार प्राप्त गरेका थिए। प्र्रशिक्षक समेत रहेका उनले जलेश्वर, गौशालासहितका नगरपालिकाका कर्मचारीहरुलाई सूचनाको हक सम्बन्धि तालिम पनि दिएका थिए । 

 


Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism