info
कालो धन लुकाउन सञ्चारमा लगानी/मधेशका बलिष्ठ सञ्चारकर्मीहरू
"दुनियाँ में बहुत कमाया
क्या हीरा, क्या मोती,
मगर क्या करें यारो,
कफन में जेब नहीं होती ।"
काठमाडौं, २७ माघ/व्यापारिक प्रयोजनका निमित्त मधेशको पसल थापेका कृत्रिम मधेशवादीहरू अधोरात पैसा कमाउन जुटेका छन् । पार्टर्ीीmुटाएर भएपनि मन्त्री बनेकाहरू त झनै नाङ्गो नाच देखाइरहेका छन् । फुटाउँदा थुप्रै खर्च लाग्यो भन्दै मन्त्री भएर पैसा असुल्दै राजनीतिक नियुक्ति दिँदा पनि पर्ूर्ति हनु नसक्दाको चरम पीडामा बाँचेका एक वर्तमान मन्त्रीले आफ्नो मन्त्रालयका सम्पर्ूण्ा विज्ञापन आफ्नो पत्रिकामै दिने र लाखौं कमाउने योजनाका श्री गणेश गरिसकेका छन् । कालो धनलाई सेतो बनाउन मिडिया खोलेको हुनुपर्ने अनुमान लगाउन सकिन्छ । राजेन्द्र महतोले पनि र्सलाहीमा रेडियो र पत्रिका सञ्चालन गर्दै आएका छन् । राष्ट्रिय सद्भावना अध्यक्ष रामनरेश रायको पनि महोत्तरीमा रेडियो सञ्चालनमै छ । संघीय सद्भावनाका अध्यक्ष अनिल झाको पनि रौतहटमा रेडियो र काठमाडौंमा पत्रिका सञ्चालित छ । तमलोपाका वृषेश चन्द्र लालको जनकपुरमा रेडियो सञ्चालनमा छ भने तमलोपा नेपालका अध्यक्ष महेन्द्र रायले र्सलाहीमा रेडियो सञ्चालित छ । आफ्नो गुणगान र एक पक्षीय सूचना सम्प्रेषण गरी जनतालाई दिग्भ्रमि तगर्ने मधेशी नेताहरूले सञ्चारमाध्यमभित्र ठाडो हस्तक्षेप गर्दै आएका छन् । आ-आफ्नो मन्त्रालयभित्रको विज्ञापन आफ्नै सञ्चारमाधयममै पोख्ने र श्रमजीवी मधेशी पत्रकारमाथि आर्थिक दमन गर्ने नीति अपनाएका छन् । आफू आबद्ध रहेको एजेन्सीबाट पैसा ल्यार मधेशी पत्रकारिताको विकास गर्ने आडमा पत्रकारिता क्षेत्रको सहयोग पनि आफ्नै घर लाने परिपाटिको विकास भएको छ ।
क्र.स. नेता पार्टर्ीीफ.एम. पत्रिका स्थान
१. राजेन्द्र महतो अध्यक्ष-सद्भावना पार्टर्ीीेडियो मधेश मधेश पोष्ट र्सलाही र जनकपुर
२. अनिल झा अध्यक्ष-संघीय सद्भावना रेडियो संस्कृति राष्ट्रिय लोकपत्र रौतहट र काठमाडौं
३. राम नरेश राय अध्यक्ष-राष्ट्रिय सद्भावना रेडियो रुद्राक्ष महोत्तरी
४. वृषेश चन्द्र लाल उपाध्यक्ष-तमलोपा जानकी एफ.एम. जनकपुर
५. महेन्द्र राय यादव अध्यक्ष-तमलोपा नेपाल माई एफ.एम. लोकतन्त्र र्सलाही
६. डा. विजय कुमार सिंह नेता-तमलोपा जनकपुर एफ.एम जनकपुर
७. विमलेन्द्र नीधि नेता-नेपाली कांग्रेस रेडियो टुडे जनकपुर
८. सुभाष यादव नेता-एमाओवादी भोरुकवा एफ.एम. सप्तरी
९. राम कुमार शर्मा नेता-एमाओवादी रेडियो जलेश्वरनाथ महोत्तरी
१०. राम आधार कापर नेता-मजफो-लो.) रेडियो अप्पन मिथिला महोत्तरी
११. शैलेन्द्र साह नेता-मजफो नेपाल छिन्नमस्ता एफ.एम. सप्तरी
१२. चन्द्रदेव कामती नेता-नेकपा एकता केन्द्र सलहेश एफ.एम सिरहा
१३. शितल साह वामपन्थी नेताहरुको सामूहिक लगानी रेडियो जनकपुर जनकपुर
आफ्ना राजनीतिक भविष्य अन्धकारमा रहेकोले राजनीतिक पश्चात पत्रकारिता गर्ने उद्देश्यले पनि उनीहरू आ-आफ्नो सञ्चारमाध्यमहरू सञ्चालन गरका छन् । कतिपय मधेशी नेताहरू प्रत्यक्ष र कतिपयले अप्रत्यक्ष लगानी गरेका छन् । आफ्नो हनुमान चालिसा र मधेशको दस्तावेज बिगार्ने कार्य गरिरहेका यी नेताहरू आफ्नो कालो धनलाई सेतो पार्ने कार्य गर्दैछन् । मधेशको मिडियामा नेताहरूको बढ्दो संलग्नताले दर्ुघटनाको संकेत गर्दछ । यी सञ्चारमाध्यमहरूबाट निष्पक्षता वा आचारसंहिताको आश गर्न सकिन्न । तल्लो तहको प्रतिस्पर्धा र सञ्चारकर्मीहरू बीच मतान्तर हुँदैछ । नेताहरूले आ-आफ्नो मिडिया मार्फ गल्ती, मधेशी विरोधी कार्य, भ्रष्टाचार र पदलोलुप्ता लुकाउन मात्रै प्रयोग गर्दैछन् । प्रतिस्पर्धी नेताहरूका विरूद्धमा जथाभावी बोल्ने र लेख्ने कार्यले तीव्रता पाउँदै छ । पार्टर्ीीार्यकर्ता प्रत्यक्ष संलग्न भई जथाभावी र जेसुकै प्रचार गरेर जनतामाथि वैचारिक दमन हुँदैछ । मधेशका सशस्त्र समूहहरू पनि आ-आफ्नो वेभसाइट, पत्रिका र रेडियो खोलेका छन् । मधेशी नेताहरू प्रत्यक्ष/अप्रत्यक्ष लगानी वा उपस्थितिमा सञ्चालित यस्ता सञ्चारमाधयमले मधेश र राष्ट्र विरोधी जनमत तयार गर्दैछ । आफूले कमाएका कालो धनलाई सेतो बनाउन र अप्रत्यक्ष रूपमा सच्चा मधेशवादी पत्रिकालाई दमन गर्न यी मधेशी नेताहरूले पत्रिका र एफएम सञ्चालन गर्दै आएका छन् । मधेशी नेताहरूको पत्रकार हुने चाहनाले मधेशवादी पत्रकारहरूलाई राजनीति गर्न बाध्यात्मक निमन्त्रणा बाँड्दै छन् ।
RAKESH CHAUDHARY +9779844031644
+9779804879427
Comments
Post a Comment