महिला बिकास कार्यालयको परिसरमा भेटिएको कण्डमको खोलबारे अनुत्तरित प्रश्न.......
महिला बिकास कार्यालयको परिसरमा भेटिएको कण्डमको खोलबारे अनुत्तरित प्रश्न........
राकेश चौधरी
घाम लागि सकेको थियो । सडक हिलाम्य थियो । म र सहकर्मी अजय सिंह श्रावण १ गते जिल्ला तथ्यांक कार्यालयमा पुग्यौ । त्यहाँ कार्यालय प्रमुख अनुपस्थित थिए । अन्य कर्मचारीको अत्तोपत्तो थिएन । एक जना पहाडी मूलका खरिदार साहव भेटिए । हामी जिल्लाको बिस्तृत तथ्यांक लिन गएका थियौ तर निराशा बाहेक केही पाइएन । हामी आफ्नो फोन नम्बर दिएर आएका थियौ हाकिम साहवको फोन आउने आशामा तर फोन आएन । न त कुनै तथ्यांक नै पाइएको स्थिती छ ।
समाचारको खोजी कै क्रममा हामी महिला तथा बालबालिका कार्यालयमा पुग्यौ । एक बजिसकेको थियो । कार्यालयको एक कोठामा कर्मचारी कार्यसम्पादन गरिरहेका थिए । हिंसापीडितको कोष खर्च नभएको कारण बुझ्न हामी कार्यालयमा पुगेका थियौ । तर कार्यालय प्रमुख भेटिएन । त्यतिकैमा जिल्ला स्वास्थ्य कार्यालयका ओम नमः शिवाय वाचन गर्ने कर्मचारी पनि त्यही कार्यालयमा जम्का भेट भए । उनले कार्यालय प्रमुखलाई फोन गरेर कुनै कार्यक्रम भइरहेको स्थानमा लागे ।
हामी कार्यालयको सुचनाहरु पढ्न लाग्यौ । त्यतिकैमा मेरो र सहकर्मी अजयको ध्यान एउटा कण्डमको खोलले तान्यो । हामी दनादन फोटो खिच्यौ । कार्यालयको परिसरमा रहेको चापाकलकै छेउमा कण्डमको खोल थियो । त्यो खोल तस्विरमा देखिए झै पुरानो थियो । कसले कण्डम प्रयोग गरेर खोल बाहिर फ्याकेका थिए , प्रश्न अनुत्तरित नै छ । यो प्रश्नको उत्तर आउने छ भन्ने आशा छ । उत्तर आएको खण्डमा यसै मार्फत सार्वजनिक गरिनेछ । कसैले त्यो कण्डमको खोल परिसरबाट बाहिर नफ्याकेको अवस्था रहेको खण्डमा अवश्य पनि त्यही भेटिनेछ ।
सहकर्मी सिंहले यो तस्विर आफ्नो क्यामराबाट डिलिट गरिसकेको अवस्था छ ।

Comments
Post a Comment