देशी साहुको असर्फी साट्ने बुद्धि


देशी साहुको असर्फी साट्ने बुद्धि
शनिवारीय कथा–राकेश पीसी
Photo:Rakesh PC

मुस्लिम आक्रमणबाट अस्तव्यस्त रहेको जलसर १४ औं सताब्दीमा बिस्तारै समृद्ध हुन थालेको थियो । हत्याको डरले पलायन भएको कारण बस्तीहरु जंगलमा परिणत भइसकेको थियो ।
दक्षिणबाट उत्तरको बाटो बनाउन देशी साहु दिनरात मेहनत गर्न थालेका थिए । जंगल आबाद गरे वापत आधा वाली पाउने लालमोहर प्राप्त गरेकोले साहुको मनोबल उच्च थियो । जंगलमा बाघ, सिंहसहितका जनावरहरुको ओहरदोहर हुनु समान्य भइसकेको थियो ।
अन्नतः साहुले बर्षदिनको मेहनतपछि गोरु हिड्नयोग्य उत्तर र दक्षिण जोड्ने ३० कोसको बाटो बनाएरै छोडेका थिए । कुवा र पोखरीलाई आधार बनाएर गोरु ह्ड्निे बनाएकाले बाटो अलिक घुमाउरो भएको थियो । देशी साहुले जंगलको बीचबाट सडक खोलेपछि बिदेशी साहुहरुले बाटो प्रयोग गरेवापत भाडावर्तन उपहार दिने गरेका थिए ।
एक दिन सबै साहुहरुको बैठक बसेर देशी साहुले एउटा प्रस्ताव राखेका थिए । उपहार दिइने भाडावर्तन प्रत्येक कोशमा रहेको कुवा तथा पोखरीहरुमा सुरक्षितसाथ राख्नुपर्ने प्रस्ताव थियो । बाटो बिस्तारै साहुवाहेक रैतीहरुले पनि प्रयोग गर्न थालेकोले ठाउँ ठाउँको कुवा तथा पोखरीमा भाडावर्तन राख्नुपर्ने बाध्यता नै थियो । बाटो प्रयोग गर्ने साहु वा रैतीमध्ये जो सुकै त्यो भाडावर्तन प्रयोग गरि पुनः पानीमै सुरक्षित साथ राखिदिने नियम बनाइएको थियो । त्यतिबेला साहुले गोरुलाई बरद भन्ने गरेको र त्यसलाई भरिया बनाएकोले बर्दी चलाएको भनिन्थ्यो । बर्दीकै माध्यमबाट जंगलबाटो हुँदै देशी र बिदेशी साहुहरुको कारोबार चलेको थियो ।
देशी साहुसँग लालमोहर भएपनि नयाँ ब्यापार गर्नेबारे सोचिरहेका थिए । जंगलको बाटोमा देशी र बिदेशी साहुहरुको असर्फी लुटिने क्रम बढेको थियो । राज्यभएपनि सत्ताबिहीन अबस्थामा रहेको कारण साहु लुटिएपनि न्याय निरुपण गर्ने निकायको पहुँच नै थिएन ।
पुनः जलसरमा सबै साहुहरुको बैठक बसेर देशी र बिदेशी हरेक साहुले लुट्निे स्थानको पहिचान गर्नमा दिनभर लगाएका थिए । ठाउँहरु पहिचान भयो र त्यस ठाउँमा असर्फीबाहेक चल्ने स्थानीय मुद्राको बारेमा चर्चा चल्यो । सबै साहुले असर्फीको सट्टामा स्थानीय मुद्रा नै लिएर हिड्न थालेका थिए । त्यसको सटासाट गरिदिने काम देशी साहुले लिएका थिए । असर्फीवाहेक देशी मुद्रामै कारोबार हुन थालेको थियो । असर्फी साटेर देशी साहुले स्थानीय लोहीय मुद्रा प्रचलन गराएका थिए ।
लुटेराहरुले अर्को राज्यमा चल्ने लोहीया मुद्रा देखेपछि बिस्तारै कामको खोजी गर्न थालेका थिए । लुटेराहरुको समूह देशी साहु कहाँ पुगेर काम मागेका थिए । देशी साहुले लालमोहर बमोजिम बर्दी हिड्ने बाटोको बाली खाने भएकोले सहयोग गर्न नसक्ने बताएका थिए । अन्तिममा एउटा बिकल्प दिएका थिए । बर्दी बाटोलाई गाडा हिड्नयोग्य बनाइए सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । खानपिनका लागि देशी साहुले चामल, दाल र नुन सहयोग पनि गरेका थिए ।
हेर्दाहेर्दै लुटेराहरुले बर्दी हिड्ने बाटोलाई गाडा बाटो बनाएर प्रत्येक कोशको कुवा तथा पोखरीहरुमा सानोतिनो ब्यापार तथा बिश्रामस्थल बनाएर ब्यापार बढाउन थालेका थिए ।

Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism