अस्पतालबाहिरको सटर पसलहरुबाट औषधि खरिद गर्दा अधिकतम चारगुणासम्म महंगो

महोत्तरी ।
जिल्ला अस्पताल जलेश्वरले व्यापारिक प्रयोजनका लागि कानूनी आधार बिना नै छ वटा सटर कोठा भाडामा दिइएको रहस्य खुलेको छ ।
सटर भाडावापतको तीन लाख ४३ हजार तीन रुपैया असुल गर्न समेत बाँकि रहेको छ । सटरहरुमा औषधि पसल तथा ल्याव परीक्षण केन्द्र संचालन गरिएको छ । तीन वटा सटर एकै परिवारका सदस्यको नाममा रहेको समेत देखिएको छ । लब कुमार सिंहको नाममा दुई तथा उनका भाई प्रेम कुमार सिंहको नाममा एउटा सटर भाडामा रहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
अन्य सटरहरु ललन कुमार सिंह, मोति यादव तथा पवन कुमार पाठकको नाममा स्विकृत गरिएको थियो । २०६९ साल कार्तिक २७ को निर्णयबाट चार तथा पुस १२ को निर्णयबाट दुई वटा सटर भाडामा लगाइएपनि त्यस अगाडिदेखि नै सम्बन्धित ब्यक्तिहरुले सटर प्रयोग गर्न थालेका थिए । सम्झौताको म्याद २०७१ असार मसान्तमै समाप्त भइसकेको तथा माथिल्लो निकायबाट टेण्डर आह्वानमार्फत सटर भाडामा लगाउनुपर्ने आदेशलाई जिल्ला स्वास्थ्य कार्यालयले बेबास्ता गर्दै आएको छ । एक औषधि व्यवसायीका अनुसार सटरको विषयमा सूचना माग गर्दा कार्यालयले बेबास्ता गर्ने गरेको बताए ।
अस्पतालमा पुग्ने बिरामीहरुका अनुसार जिल्ला स्वास्थ्य कार्यालय प्रमुखमा डा. राजीव झा आएपछि २४ घण्टे सशूल्क फार्मेसी सेवा बन्द गरिएको छ भने ल्याव परीक्षण सेवा समेत सामग्री अभावमा आंशिक मात्रै संचालनमा छ । फार्मेसी सेवा बन्द भएपछि अस्पतालबाहिरको सटर पसलहरुबाट औषधि खरिद गर्दा अधिकतम चारगुणासम्म महंगो पर्ने गरेको बिरामीहरुको गुनाँसो छ ।


Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism