टिकट वापतको १० रुपैया अभियन्ताहरुले फिर्ता पाए
महोत्तरी, १६ कार्तिक ।
सूचनाका हकका लागि निवेदन दर्ता गर्न जाँदा प्रशासकीय अधिकृत हेमबहादुर कार्कीले टाँस्न लगाएको टिकट वापतको १० रुपैया अभियन्ताहरुले फिर्ता पाएका छन् ।
प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठलाई लिखित उजुरी गरेपछि लेखा शाखा मार्फत भपाई गरेर १० रुपैया फिर्ता पाएको अभियन्ता जितेन्द्र पासवानले बताए । संचारकर्मी तथा अभियन्ता राकेश प्रसाद चौधरी एवं पासवानले संयुक्त रुपमा महोत्तरी जिल्लामा दर्ता भएका पत्रपत्रिका सम्बन्धी सम्पूर्ण बिवरण निवेदनमार्फत दुई दिन अगाडि माग गरेका थिए ।
विभिन्न जिल्लाका अभियन्ता तथा सरोकारवालाहरुले फोनमार्फत प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई १० रुपैया फिर्ताको दबाब दिन दिएका थिए । चौधरीले सूचनाका हक सम्बन्धी कानून क्रियाशिल भएकै अबस्थादेखि यस अभियानमा सक्रिय भई विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।

Comments
Post a Comment