हरूवाचरवालाई परिचयपत्र दिने तयारी

 राकेशप्रसाद चौधरी

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले सामन्ती र जमिन्दारले बनाएका हरवाचरवा र उनका सन्तानसमेत पीडामा रहेकाले लगत तयार गरि परिचयपत्र जारी गर्ने तयारी भइरहेको बताएका छन् । जलेश्वरमा हरवाचरवाको दोस्रो महोत्तरी जिल्ला सम्मेलनमा बोल्दै उनले कृषि र पशुपालनमा अनुदानको ब्यबस्था अगाडि बढाइसकेको जानकारी दिएका छन् । मन्त्री न्यौपानेले हरवाचरवाको आर्थिक सशक्तिकरणका लागि कृषिमा महिला स्वयंसेविका खटाउने तयारी भइरहेकोबारे खुलासा गरेका छन् ।

आर्थिक र समाजिक रूपमा पछाडि परेका तत्कालिन बधुवा मजदुुरका परिवार अहिलेपनि हरवाचरवाको पीडा भोगिरहेका छन् । स्थानीय भाषामा हलो जोत्नेलाई हरवाहा र पशुको हेरचाह गर्ने र चराउनेलाई चरवाहा भन्ने गरिन्छ । 

मधेशमा सामन्ती किसानी र जमिन्दार प्रथा अन्त्य भएपनि हरवाचरवाभई बधुवा मजदुरजस्तै दास जीवन बिताएका परिवारका सन्तान अहिले आर्थिक र सामाजिक रूपमा निकै पछाडि छन् । गतबर्ष संगठित भइ उनीहरू मधेशमा हरवाचरवा अधिकार यात्रा निकालेका थिए ।

मधेश प्रदेशभित्र १ लाख ६० हजार ४५२ परिवार हरवाचरवा रहेको अनुमानित तथ्यांक अधिकार मञ्चले सार्वजनिक गर्दै आएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री रहेको तत्कालीन सरकारले २०७९ साउन २ गते हरवाचरवा मुक्तिको घोषणा गरेको थियो । हरवाचरवा मुक्ति घोषणाको एकबर्षभन्दा बढी समय भएपनि परिचयपत्र वितरण, सामाजिक पुनस्र्थापनालगायतको कार्यक्रम द्रुतगतिमा नबढेपछि दवावमूलक कार्यक्रम हुँदै आएको अधिकारकर्मी ममता विश्वकर्माले बताइन् ।  


Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism