केपी शर्मा ओली २९ बर्षपछि जलेश्वर महादेव मन्दिरमा
राकेशप्रसाद चौधरी
जलेश्वर, २२ माघ ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली २९ बर्षपछि जलेश्वर महादेव मन्दिरमा पुगेका छन् । उनले जलेश्वरको बिकासमा आफू अग्रसर रह्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
महोत्तरीको छैठौं जिल्ला अधिवेशन उद्घाटनका लागि जलेश्वर आएका ओलीले २९ बर्षपछि जलेश्वर महादेवको पुजापाठ गरेका हुन् । जलेश्वर महादेवको शिवलिङ्ग २० फिटमुनि जलगुफामा छ । उनी गृहमन्त्री छँदा गणेश मन्दिरको शिलान्यास गरेको स्मरणात्मक शिलालेख समेत नियालेका थिए । युवा नेता शिवचन्द्र सिंहले शिलालेख पढेर तपाई २०५१ साल चैत १५ गतेपछि यहाँ आउनुभएको सुनाएपछि उनी हाँस्दै अगाडि बढेका थिए ।
जलेश्वर महादेव मन्दिरभित्र जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार तथा उपप्रमुख रौशन खातुनले अध्यक्ष ओलीलाई स्वागत तथा सम्मान गरेका थिए । दुबैजना जनता समाजवादी पार्टीबाट जलेश्वर नगरपालिकामा निर्वाचित छन् । त्यस्तै अध्यक्ष ओलीले जलेश्वरमा निर्माण हुनलागेको नेकपा एमालेको जिल्लास्तरीय पार्टी कार्यालयको लागि भूमिपुजन गरेका थिए ।

Comments
Post a Comment