महोत्तरीको मटिहानीमा नेपाल–भारत सीमाना जिल्ला समन्वय वैठक
कार्तिक १२ ।
तिहार तथा छठ पर्व नजिकिएसँगै महोत्तरीको मटिहानीमा नेपाल–भारत सीमाना जिल्ला समन्वय वैठक सोमवार सम्पन्न भएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा भएको बैठकमा भारतीय पक्षको नेतृत्व मुजफ्फरपुरस्थित तिरह७३घढसत प्रमंडलका डिआइजीपी श्री बाबु राम रामको रह्यो।जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजनामा बसेको बैठकमा सीमा सुरक्षा र सीमा अपराध नियन्त्रण, सीमा स्तम्भको सुरक्षा, मानव बेचबिखन, मदिरा तथा लागुऔषधको ओसारपसार नियन्त्रण, अबैध मुद्राको अपचलन नियन्त्रणलगायतको विषयमा छलफल भएको जिल्ला प्रहरी कार्यालयमहोत्तरीले जनाएको छ। बैठकमा भारतीयपक्षबाट सीतामढी जिल्लाका एसपी मनोज कुमार तिवारी, डिएम रिचि पाण्डेय, एसडिएम सञ्जिव कुमार तथा नेपालको तर्फबाट महोत्तरी र सर्लाहीका प्रम७३घढसख जिल्ला अधिकारीद्वय गोपाल कुमार अधिकारी एवम् शिवराम गेलालको सहभागिता रह्यो।
मटिहानी नगरपालिकाका नगरप्रम७३घढसख हरिप्रसाद मण्डलको विशेष उपस्थिती रहेको नेपाल–भारत सीमाना जिल्ला समन्वय वैठकमा महोत्तरी, सर्लाही र रौतहटकाप्रहरी उपरिक्षकहरु नकुल पोखरेल, रबिन्द्र कुमार सिंह, दिलीप घिमिरे,तीनवटै जिल्लाका सशस्त्र प्रहरी उपरिक्षकहरू, राष्ट्रिय अनुसन्धान तथा भन्सारकार्यालयका प्रमुखहरूको सहभागिता थियो।
तस्विर स्रोतः जिल्ला प्रहरी कार्यालय महोत्तरी

Comments
Post a Comment