उपराष्ट्रपति रामसहाय प्रसाद यादव मटिहानीमा

उपराष्ट्रपति रामसहाय प्रसाद यादव मटिहानीमा

महोत्तरी, १६ साउन ।


उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मटिहानीमा निर्मित ११० फिट उचाईको पोलमा राष्ट्रिय झण्डा फहराएका छन्।


मंगलवार विहान मटिहानी पुगेका उपराष्ट्रिपति यादवले तस्मैयाबाबा पार्कमा निर्माण गरिएको ११० फिट उचाईको पोलमा राष्ट्रिय झण्डा लगाउँदै उद्घाटन गरेका हुन्। नेपालको पहिलो गुरुकुल राजकीय संस्कृति माविको अवलोकन,बटुकसँग भेटघाट गर्नुका साथै उनी लक्ष्मीनारायण सरोवरमा आरती एवम् मटिहानी मठमा पुजापाठ गरेका थिए।



वैष्णव तथा रामानन्द सम्प्रदायको प्रमुख मठको रुपमा रहेको लक्ष्मीनारायण मठलाई सयौं बर्ष अगाडि तस्मैया बाबाले स्थापना गरेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए। सोही स्थानमा १७७५ सालदेखि नै गुरुकुलमा पठ्नपाठन भइरहेकोले नेपालको पहिलो गुरुकुलका रुपमा राजकीय संस्कृत मावि रहेको प्रधानाध्यापक ईश्वरी पौडेलले दावी गर्दै आएका छन् ।  

Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism