लागु औषध गाँजा नियन्त्रण

भन्सार छलिका अबैध सामानहरु बरामद

मिति २०८०।०४।१७ गते अं.०९;४० बजेको समयमा भारतबाट नेपाल तर्फ अबैध रुपमा

भन्सार छली चोरी पैठारी गरि विभिन्न किसिमका सामानहरु ल्याउँदै गरेको अवस्थामा

खटि गएका प्रहरी गस्ति टोलीलाई देख्ना साथ उक्त अं.मु. रु.९,६००।–(नौं हजार सय सय)

बराबरको सामानहरु सोही स्थानमा छाडी फरार भएको हुँदा प्रहरीले फेला पारि

नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाउने

प्रकृया भईरहेको ।

भन्सार छलीका अबैध कुखुरा नष्ट

मिति २०८०।०४।१७ गते अं.११;०० बजेको समयमा भारतबाट नेपाल तर्फ अबैध रुपमा

भन्सार छली चोरी पैठारी गरि अं. ६० कि.लो कुखुरा ल्याउँदै गरेको अवस्थामा खटि

गएको प्रहरी गस्ति टोलीलाई देख्ना साथ उक्त अं.मु.रु. २०,०००।–(बीस हजार) बराबरको

कुखुराहरु सोही स्थानमा छाडि फरार भएको हुँदा प्रहरीले फेला पारि नियन्त्रणमा लिई

उक्त कुखुरा भद्र-भलादमीहरुको रोहबरमा खाल्ड खनी पुरी नष्ट गरिएको ।

लागु औषध गाँजा नियन्त्रण

मिति २०८०।०४।१७ गते अं.१२;३० बजेको समयमा जिल्ला महोत्तरी औरही

नगरपालिका वडा नं.०२ फुलबरीया चेपकट जाने बाटोमा ऐ. ऐ. बस्ने बर्ष ४० को श्याम

श्रेष्ठको उख्खु खेतमा काम गर्ने कामदारहरुले खेतमा काम गरीरहेको अवस्थामा तिन वटा

पोका शंकास्पद अवस्थामा रहेको भन्ने खबर निज खेत धनिले यस चौकीमा जानकारी

गराउन साथ यस चौकी बाट प्र. स. नि. रामप्रबेश महतोको कमाण्डमा टोली खटि गई उक्त

पोकाहरु खोली हेर्दा अं. ६० किलो अबैध गाँजा रहेको उक्त गाजा बरामद गरी ईलाका

प्रहरी कार्यालय गौशाला महोत्तरी पठाईएको, थप अनुसन्धान कार्य भईरहेको ।

Source:DPO Mahottari

Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism