दुई देशको सीमावर्ती क्षेत्रमा अपराध गर्नेको सूचना आदान प्रदान

 राकेशप्रसाद चौधरी

महोत्तरी ।

महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सीमावर्ती भारतीय जिल्लाका समकक्षीसँग छलफल हुँदा आपराधिक क्रियाकलापमा भएका ब्यक्तिहरूको सूचना आदान प्रदान निरन्तर भइरहेको बताएका छन् । उनले भने,“दुई देशको सीमावर्ती क्षेत्रमा अपराध गर्नेको सूचना आदान प्रदान हुन्छ तर सीमावर्ती भारतीय कारागारमा कतिजना नेपाली रहेको अथवा नेपाली कारागारमा कतिजना भारतीय रहेकोबारे कुनै चर्चा हुँदैन ।”

जिल्ला प्रशासन कार्यालयले पहिलो पटक आयोजना गरेको बार्षिक प्रगति सार्वजनिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलालले १४३ वटा हातहतियार नविकरण, एउटा हातहतियार नामसारी, एउटा रासायनिक पदार्थ/विष्फोटक पदार्थ अनुमति सिफारिस, दर्ता भएका १५१ मध्ये ७० वटा मुद्धा फर्छयौट भएको जानकारी दिए । 

“मदिरा बिक्री वितरणको इजाजत दिँदा निश्चित ठाउँ भन्दा पनि वडा तोकिने नियमले व्यवसायी मन लागेको ठाउँमा पसल खोल्दा उत्पन्न भएको समस्या समाधानका लागि पालिकाहरू समन्वय गरिरहेको छौं,”उनले भने,“ जिल्लाबाट गैरआवसिय नागरिकता वितरण शुरू गरिसकेका छौं । अहिलेसम्म दुईजनाले गैरआवसिय नागरिकता प्रदान गरिसकेका छौ ।”

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्याललये एकबर्षभित्रमा अनुचित लेनदेन सम्बन्धि ९ सय २८ वटा निवेदकको ५५ बिग्हा जग्गा फिर्ता तथा ४१ करोड, ८ लाख ५७ हजार ८ सय ८७ रूपैयामा लेनदेन सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।  


Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism