जलेश्वर नगरपालिकास्तरीय युवा नीति २०८१ तयार गर्न अकाउन्टाबिलिटी ल्याव नेपालसँग सहकार्य


महोत्तरी, ९ साउन ।

जलेश्वर नगरपालिकाले युवा नीति २०८१ को मस्यौदाका लागि अकाउन्टाविलिटी ल्याब नेपालसँग सहकार्य गर्न निर्णय गरेको छ ।

नगर प्रमख सुरेश साह सोनारको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख रोशन खातुन, वडाअध्यक्षहरु अनिल झा, बरुण दहाल, रतनकुमार चौधरी, हरिश्चन्द्र महतो, रबिन्द्र साह, विजय कुमार सिंह, मनोज साह, मनोज महतो तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वनाथ साह, सूूचना प्रविधि अधिकृत नितेश चौधरीलगायतको उपस्थिती रह्यो । बैठकबाट मनोज साहको संयोजकत्वमा युवा नीति २०८१ मस्यौदा समिति चयन भयो । 



Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism