महोत्तरीमा पुरस्कार पाउने भन्दा कारवाहीमा बढी सुरक्षाकर्मी
राकेशप्रसाद चौधरी
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत सुरक्षाकर्मीमध्ये पुरस्कार पाउने भन्दा कारवाहीमा पर्नेको संख्या बढी देखिएको छ ।
प्रहरी नायव उपरीक्षक सुन्तुलाल जैसवारले भने,“कारवाहीमा पर्नेको संख्या ३२ छ भने पुरस्कार पाउनेको संख्या २५ देखिएको छ ।” गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सम्पादन भएका कामहरूबारे जानकारी दिने क्रममा उनले जनगुुनासो तथा आन्तरिक कार्य सम्पादनमा देखिएको कमीका आधारमा प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सहयोगीसम्मलाई कारवाही भएकोे बताए । जिल्ला प्रहरी कार्यालयमा पुुरस्कार पाउने प्रहरीको संख्या देखिएपनि इलाका प्रहरी कार्यालय बर्दिवासमा २४ तथा इलाका प्रहरी कार्यालयमा ४३ जना छन् । दुबै इलाकामा कुनै प्रहरी कारवाहीमा परेका छैनन ।
कार्यालय प्रमुखलाई गुुमराह गरेको, आदेश नमानेको, पेस्तोल चेक चेम्बर गर्ने बेलामा फायर भएको, भन्सार छलीको सामान नियन्त्रणमा लिई जाहेर नगरेको, सन्तोषजनक काम नगरेको, थुुनुवालाई सुर्तीजन्य पदार्थ दिएको, पोशाकमा मादकपदार्थ सेवन गरेको, आफूखुशी लाइन ब्यारेक छाँडी हिडेको तथा झैझगडा गरेको आरोपमा उनीहरूलाई नसिहत, बढुवा रोक्का, निलम्बन, सख्त चेतानवी, तल बृद्धि घटुवा, बर्खास्तसहितको कारवाही गरिएको हो । महोत्तरीमा गत आर्थिकबर्षमा हराएका २५७ जना बालक, बालिका, महिलामध्ये १२८ जना फेला परेका छन् । भागेर विवाह गरि परिवारको सम्पर्कमा नआउने समस्याले गर्दा फेला पर्नेको संख्या कमी देखिएको दाबी प्रहरी नायव उपरीक्षक जैसवारले गरे ।
गत आर्थिक बर्षमा महोत्तरीमा ६९ पुरुषसहित ७१ जनामाथि ५३ वटा लागूऔषध तथा छजना माथि हातहतियारसँग सम्बन्धित मुुद्धा दर्ता भएको हो ।

Comments
Post a Comment