राकेशप्रसाद चौधरी

राकेशप्रसाद चौधरी

(राकेशपीसी)

महोत्तरीको जलेश्वरमा जन्म घर भएको र २५ बर्षदेखि पत्रकारिता तथा समाजसेवा गरिरहेको 

हाल हिमाल खबर, गोरखापत्र दैनिक तथा राससलगायतको मिडियामा स्वतन्त्र फिचर लेखक तथा विभिन्न पुस्तकहरुका लागि पाठ तथा अनुसन्धानपत्र लेखन गरिरहेको 

अमेरिकाको एमआइटी अन्तर्गतको नाइट साइन्स जर्नालिज्ममा तथ्य जाँचक(फ्याक्ट चेकर)को रुपमा सूचीकृत

हाल सूचनाको हकका लागि राष्ट्रिय महासंघको मधेश उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघको सदस्य रहेको

महोत्तरी सञ्चार दैनिकमा सल्लाह सम्पादक रहेको

भिजिट जलेश्वर अभियानको संस्थापक रहेको 

ग्लोबल फोरम अन हेल्थ प्रमोसन, स्विजरल्याण्डको सदस्य रहेको

पत्रकारिता तथा विज्ञानमा उच्च शिक्षा अध्ययन गरेको 

अमेरिका र युरोपको विभिन्न अनलाइन तालिम केन्द्रबाट प्रशिक्षण लिएको 

भारत, म्यानमार, बंगलादेश, थाइल्याण्डसहितको देश भ्रमण गरि पत्रकारिता प्रशिक्षणमा भाग लिएको  

पत्रकारिता, सूचनाको हक, समाजिक विषयहरुमा प्रशिक्षण दिने गरेको  

सन् २००० मा जागरण दैनिकको महोत्तरी संवाददाता भएर पत्रकारिता शुरु गरेको 

त्यसपछि एचविसी एफएमको जनकपुरसहित पूर्वी तराईको संवाददाता र हिमालय टाइम्समा लेखकको रुपमा काम गरेको 

प्रतिस्पर्धा साप्ताहिक, समय साप्ताहिक, नेपाल एफएम नेटवर्क र रेडियो जनकपुरमा महोत्तरी संवाददाता भएको 

भूमि साप्ताहिक, जलेश्वर साप्ताहिक, रेडियो अप्पन मिथिलामा संवाददाता, समाचारवाचक तथा दलान कार्यक्रम संचालन गरेको

समय साप्ताहिक, हिमालमा समाचार रिपोर्ट लेखेको 

समाचार, फोटो पत्रकारिता, निबन्ध लेखन, खोज समाचार, अनुसन्धान पत्र तथा कथा लेखनसहितको विद्यामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेको 

अमेरिकाको आइसिडिआर, लण्डनको इन्टरन्यूज, जीएआइए ग्लोबल एलाइन्स, फिलिपिन्सको फोटा पत्रकारिता तथा खोज पत्रकारिता केन्द्र, इमपल्स म्यान्मार तथा भारतलगायतको ठाउँबाट मिडिया फेलोसिप(लेखनबृति) प्राप्त गरेको 

अमेरिकाको अनडार्क म्यागजिनमा सहायक सम्पादकको रुपमा नेपालबाट काम गरेको 

युनेस्कोको सहयोगी संस्था मिडिया एण्ड एन्फरमेसन लिटरेसी एलाइन्सको पूर्व सदस्य रहेको

राष्ट्रिय सूचना आयोगबाट उत्कृष्ट सूचनाको हक अभियन्ताको रुपमा सम्मान प्राप्त गरेको

रेडियो नेदरल्याण्डस् ट्रेनिङ्ग सेन्टर ( आरएनटिसि) को पूर्व विद्यार्थी समूहको सदस्य रहेको 

महोत्तरीको इतिहास(नेपाली), जगदीशनाथको जीवनगाथा(हिन्दी), खिचडी कविता संग्रह(नेपाली, अंग्रेजी, हिन्दी र मैथिली), न्यायिक आवाजको लेखन तथा सम्पादक गरेको 


Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism