जलेश्वर–जनकपुर खडक खण्ड सुचारु
जलेश्वर–जनकपुर खडक खण्ड सुचारु
महोत्तरी, भाद्र ११।
बाढीले कटान भएको तीन ठाउँमा स्थानीय र नेपाली सेनालगायतको सहयोगबाट बैकल्पिक मार्ग बनाइपछि दुई हप्तादेखि अबरुद्ध जलेश्वर– जनकपुर सडक खण्ड सुचारु भएको छ । बर्दिवासस्थित कमजोर भएको रातु पुल एवं डाईभर्सरमा लाइन बस्ने झंझटबाट बच्न जनकपुर पुग्ने सवारीसाधन बर्दिवास–जलेश्वर–जलेश्वरको सडक प्रयोग गर्न थालेका छन् ।
प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले पिपरा गाउँपालिकाको तीन ठाउँमा कटान भएको सडकमा डाईभर्सन बनाएर सडक सुचारु भएको बताए । बाढीले ठाउँ ठाउँमा कटान गरेको जलेश्वर–समसी र भिठामोड, मनरा–भ्रमरपूरा–जनकपुर सडक छिट्टै सुचारु हुनेछ । उनले बाढीमा परेर मृत्यु भएका नौ जनाको परिवारलाई सरकारबाट दिइने दुई लाख रुपैयाको लागि पहल थालिएको जानकारी दिए ।
बाढीले कृषि तथा पशु क्षेत्रमा पारेको प्रभावबारे अझैसम्म सूचनाहरु जिल्ला दैवी प्रकोप उद्धार समितिमा आइसकेको छैन । बाढीका कारण प्रभावित भएकाहरुलाई आवश्यक रहेको ४५ सय त्रिपाल तथा दुई लाख किलोग्राम चामलमध्ये शुक्रवारसम्ममा ३५ सय ९९ थान र ६६ हजार ४०२ किलोग्राम चामल प्रभावित क्षेत्रमा पठाइसकिएको छ ।
बाढीका कारण डुबेर जलेश्वर २ खैरा चोकका १५ बर्षीय विक्की कुमार ठाकुर, धनुषा घर भई जलेश्वर ८ बजराहीमा छोरी कहाँ आएका ६५ वर्षिय शिव महरा, लोहारपटटी १ का ३५ बर्षीय इन्दल महरा, गौशाला ८ वेलगाछीका असर्फी सदा, गौशाला मलेनिया पोखरीकी कोरमबति सदा मुसहरको मृत्यु भएको थियो । त्यस्तै वाढीको पानीमा भएको करेन्ट प्रवाहबाट भंगहा ७ का ४० वर्षीय महेश सिंह, समयै अस्तपाल पुग्न नसकेर सर्पदशंकी बिरामी भंगहा ३ मुसहर टोलका ३५ वर्षीया शैलु देवी, पिपरा ६ रतौलीका ८ महिने दुधे वालक र भंगहा १ कविलास का २४ वर्षीया गर्भवती कविता कुमारी साहको मत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले महामारी फैलिन नदिन सम्भावित क्षेत्रहरुमा स्वास्थ्य शिविरको निरन्तरताका लागि पहल एवं जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकिएको बताए । यसअघि २६ ठाउँका झण्डै १५ हजार प्रभावितको स्वास्थ्य जाँच भइसकेको छ । महोत्तरीमा यस बर्ष आएको बाढीमा १२ हजार घरपरिवारका ७० हजार मानिस प्रभावित भएका छन् ।

Comments
Post a Comment