कथाः ठेकेदार जमिनदारको पाँच रुपैया
कथाः ठेकेदार जमिनदारको पाँच रुपैया
राकेश पीसी
राणाशासनदेखि चलिआएको पम्परा पंचायती ब्यबस्थासम्म आइपुगेको छ । जलसरका दशरथ सावसँग अब माटोको भित्ता र खरले छाएको तीनधुर जग्गाको झोपडी र गुल्लाबागमा पाँच कठ्ठा धानखेत छ ।
राणाशासनको बेला मधेशीमाथि विश्वास गर्नुहुँदैन भनेर राज्यकर उठाउन भारतबाट भित्राइएका साहुका सन्तान अहिले जमिनदार भइसकेका छन् । उसका बाजे र बुवाले कर तिर्न नसकेकाहरुको जमिन र पशु कब्जा गरेकै कारण गाउँमा जमिनदारको रुपमा परिचित थिए । राज्यले जग्गाजमीन लगायत अन्य कर उठाउन लगाउने गरेको ठेक्काको कबुलियत नव जमिनदारले मात्रै गर्न पाउने नियम नभएपनि अघोषित रुपमै नियम बनाइएको छ ।
दशरथ सावका बाजे,बाबु राणाकालिन समयमा एक सम्पन्न किसान थिए । सय बिग्हा जमीन जोत्ने गर्दथे । तीन कठ्ठामा बरघरा(गोरु बाध्ने घर), दुरा(घर अगाडिको खाली भाग) र पाँच कोठाको कच्ची घर थियो । सम्पन्न र शिक्षित । भारतबाट गुरु मगाएर आफ्ना बालबच्चा पढाउने गरेका थिए । सयौं बर्ष पुरानो महोदरनगरका रैथाने थिए, दशरथ ।
बालबच्चा पढाएको कुरा भारतबाट कर उठाउन राणाशासकका चाकर(आदेश मान्ने)लाई यो कुरा मन परेको थिएन । बिस्तारै बिभिन्न करको नाममा दशरथको पूबर्जका सम्पूर्ण सम्पूर्ण जमिनदरका पूर्बजले कब्जा गरिसकेको थियो । दशरथको समयसम्म आइपुग्दा त्यही झोपडी र सानो टुक्रा धानखेतमा पनि जमिनदारको तरबार साहुको नजर छ । बिभिन्न कर तिर्न नसकेकै कारण सयौं मधेशीहरुले स–परिवार भारततिर पलायन भएका थिए । दशरथलाई देशको मायाले पेट नभरेपनि बिभिन्न दुख र कष्ट पार गर्दै मजदूरको जीवन बिताउन थालेका हुन ।
पंचायती ब्यबस्थाको केही अबधीसम्म पनि जमीन लगायतका बिभिन्न करहरु ठेक्कामार्फत नै उठाउने नियम कायमै रह्यो । ठेक्का लिएकाको मातहतमा गोराइत(करको लागि घरघरमा सूचना दिन पुग्ने ब्यक्ति, सुबेदार, मुनसीहरु छन् ।
बालबच्चाको लालनपालन र खेतीपातीका कारण यस बर्ष दशरथ सावले जमीनको कर तिर्न सकेन । कर तिर्नका लागि ठेकेदार जमिनदारका गोराइत घरसम्म पुगे । दशरथ छोरासहित धान रोप्न गुलाबागको पचकठ्ठामा पुगेका थिए । गोराइतले घरमा कुनै पुरुष नदेखेपछि दाबा(घरबाहिरको भित्तामुनि जमिनसँग टाँसिने गरि राखिएको माटोको मोटो छेकबार)माथि कोदालोले तीनवटा चिन्ह लगाए । यस्तो चिन्ह लगाउनुको मतलब कर असुली गर्न गोराइतले सूचना दिएको बुझ्न बेर लागेन ।
दशरथले छोरीको बिबाहका लागि जम्मा पारेर राखेको पैसा जेनतेन कर तिर्यो र जमिन कब्जा हुनबाट जोगायो । अरुको खेतमा मेहनत मजदूरी र उत्पादित धान बेचेर छोरीको बिबाहका लागि केही रकमको जोहो गर्यो । उसको खेतमा आउस(चैतेधान), साउनेधान र तेस्रोबालीको रुपमा दलहन लगाउने गरिन्छ ।
समान्य तरीकाले हर्दिपुरबाट आएको बरातीलाई स्वागत गरियो । बिबाह राम्रै ढंगले भइरहेको थियो । कर असुली गर्ने ठेकेदार भोज खान आए । त्यतिबेला डालामा पाँच रुपैया ठेकेदार जमिनदारको नामबाट लेखाइयो । छोरीको बिहेमा आफन्त एवं समाजका अन्य ब्यक्तिहरुले डालामा उपहारको रुपमा पैसा दिनेगर्छ । डालामा जम्मा भएको सम्पूर्ण रकम दुलहाको बुबाको हुने नियम छ ।
दशरथले छोरीको बिबाहको लागि लिएको दुई सय रुपैया कर्जा चुकाउन नसकेको तीनबर्ष बितिसकेको छ । ठेकेदारलाई दिनुपर्ने सरकारी कर, घरखर्ची र अन्य खेतीपाती खर्च गर्दा नै धान्न ग्राहो भइसकेको छ । केही नलागेपछि ऋण लिए साहु रामनारायण अधिकारीलाई गुलाबागको पचकठ्ठा नै नामसारी गरिदिए ।
दशरगसँग अब तीनधुरमा बनेको झोपडीबाहेक केही छैन । गोराइतले यसबर्षको करका लागि ताकेता गर्न आए । यसपटक उसलाई बाँधेरै दरबार सिंहको बैठकमा उपस्थित गराइयो । कर किन नतिरेकोलगायतका अन्य कुरा गरेर तमसुक बनाउन लगाइयो । मुनसीले पहिल्यै तमसुक लेखिसकेका रहेछन् । ‘करवापतको कुत र छोरीको बिबाहमा डालामा लिएको पाँच रुपैयाको ब्याजसहित जम्मा पचास तीनमहिनाभित्र जम्मा नगरिए घडेरी स्वतः तरबार सिंहको नाममा हुने’ लेखियो । गोराइत र लठैतले मारपिट गर्ने डरले तमसुकमा सहीछाप ठोकिदिए ।
तीन महिनामा कबुल बमोजिमको रकम तिर्न नसक्दा दरबार सिंहको गोराइत र लठैतले परिवारसहित दशरथलाई घरनिकाला गरिदिए । भोकैप्यासै जंगलैजंगल हुँदै बर्दिपुर पुगे । जहाँ पहाडबाट ब्यापारीहरु मालसामान ढुवानी गर्दा बिश्राम गर्छन । त्यही उसले एउटा झारपातको झोपडी बनाएर बस्न थाल्यो । अर्कोबर्ष त्यहाँ पहाडबाट आएकाहरुले बिस्तारै जंगल फाड्दै घर बनाउन थाल्यो । दशरथलाई उनीहरुले इन्डियन भन्दै गाली गर्दै त्यहाँबाट धपाइदिए र अन्नतःसम्पूर्ण परिवार बिषसेवन गरि आत्महत्या गरे ।

Comments
Post a Comment