२० हजार राशीको ‘शिक्षा लेखनवृत्ति–२०७३’ राकेशप्रसाद चौधरी (भूमि सा.–महोत्तरी) लाई
बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशअन्तर्गत प्रत्येक
प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने रु. २० हजार राशीको ‘शिक्षा
लेखनवृत्ति–२०७३’ क्रमशः प्रदेश नम्बर १ बाट विद्या राई (कान्तिपुर
दैनिक–भोजपुर), अवतार राई (चोमोलुङमा रेडियो–भोजपुर) र दमन राई (नागरिक
दैनिक–खोटाङ) लाई संयुक्तरूपमा प्रदान गर्ने भएको छ । प्रदेश नम्बर २ बाट
भोला पासवान (कन्चनरुपमा सा–सप्तरी) र राकेशप्रसाद चौधरी (भूमि
सा.–महोत्तरी), प्रदेश नम्बर ३– तिलक अधिकारी (जनता जिन्दाबाद
सा.–मकवानपुर) र शर्मिला बुढाथोकी (रेडियो सैलुङ–दोलखा), प्रदेश नम्बर ४–
पवन पौडेल (दमौली एफएम–तनुहँ), प्रतिक्षा काफ्ले –कान्तिपुर
दैनिक–स्याङ्जा), प्रदेश नम्बर ५ बाट कृष्ण दर्नाल (रासस–पाल्पा), खगप्रसाद
चापागाई (बुटवल टुडे–कपिलवस्तु), प्रदेश नम्बर ६ बाट संयुक्तरूपमा
दीपेन्द्र शर्मा (नेपाल समाचारपत्र दैनिक–जाजरकोट), मेघराज खड्का (रेडियो
नेपाल–रुकुम) र प्रवीर ददेल (रुकुम) लाई प्रदान गरिने भएको छ । बैठकले
प्रदेश नम्बर ७ बाट नरी बडू (बैतडी) र दुर्गा देवकोटा (सामुदायिक
रेडियो–कैलाली) र काठमाडौंबाट प्रज्ञा तिम्सिना (इमेज न्यानल
टिभी–काठमाडौं) र सञ्जिप घिमिरे (ननस्टप खवर डटकम–काठमाडौं) लाई प्रदान
गर्ने निर्णय भएको छ ।
http://fnjnepal.org/?p=3576
http://fnjnepal.org/?p=3576
Comments
Post a Comment