निर्वाचनका कारण पुजाका लागि आर्थिक स्रोत जुट्न ग्राहो
महोत्तरी, ११ भाद्र ।
महोत्तरीको बिभिन्न ठाउँमा पंडालभित्र दशैंको अबसरमा माटाका प्रतिमा बनाएर भव्यताका साथ दुर्गा पुजा मनाउनका लागि प्रत्येक बर्ष गठन गरिने ब्यबस्थापन एवं सहयोग समितिहरुको जिम्मेवारी यस पटक नवयुवाहरुले पाउन थालेका छन् । निर्वाचनका कारण पुजाका लागि आर्थिक स्रोत जुट्न ग्राहो हुनेमा नवयुवाहरु चिन्तित देखिएका छन् ।
गाउँ तथा शहरहरुमा मनाइने दुर्गा पुजाको ब्यबस्थापन एवं सहयोगका लागि एक महिना अगाडि नै बिभिन्न समितिहरु बनाउने गरिन्छ । स्थानीय तह निर्वाचनमा युवाहरु आफै नगरपालिका तथा गाउँपालिकाको प्रमुख एवं वडाअध्यक्षहरुमा उम्मेदवार बन्ने घोषणा गरेका कारण नवयुवाहरुलाई जिम्मेवारी दिइएको राष्ट्रिय जनता पार्टीका जलेश्वर नगर अध्यक्ष मण्डलका गजेन्द्र गुप्ताले बताए । जलेश्वर नगरपालिकाको दुर्गा चोकमा गतबर्षसम्म पुजा समितिका रहेका पदाधिकारीहरु यस पटक स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै पुजामा आर्थिक सहयोग गर्नेहरु स्वयं पनि उम्मेदवार बन्ने घोषणा गरेका कारण दुर्गा पुजा समान्य तरीकाले गरिने बाध्यता रहेको पुजा समितिका सदस्य मुरली चौधरीले बताए ।
जलेश्वर नगरपालिकाकै जलेश्वर महालिङ्ग मन्दिर चोकमा समेत पुजा समितिको जिम्मेवारी नवयुवाहरुलाई दिइने रमण चौधरीले बताए । यस चोकमा ३५ बर्षदेखि माटाका प्रतिमा बनाई दुर्गा पुजा हुने गरेको छ ।
नगरपालिका र गाउँपालिकाहरुको अबस्थामा खासै फरक नरहेकोले दुर्गा पुजा केही हदसम्म प्रभावित हुने राकेश साहले बताए । स्थानीय तहको निर्वाचनमा जीत र हार हुने पक्षहरुको प्रभाव समेत दुर्गा पुजामा देखिने भएकोले स्थानीय सुरक्षा निकाय सचेत हुनुपर्ने देखिन्छ ।

Comments
Post a Comment