news

महोत्तरीको भ्ंागहा गाउँ बिकास समितिस्थित सकरी गाउँको दलित बस्तीकी एक महिला बोक्सी आरोपमा परिवारसहित बिस्थापित हुनुपरेको छ ।गाउँलेहरुले बोक्सी र चरित्रहीनको आरोप लगाउँदै घरबाट लगारेपछि ६ जनाको परिवारसहित मीना देवी सर्दार गाउँबाटै बिस्थापित भएकी हुन । गाउँको बजेटबारे समाजिक जनचेतना फैलाउन थाल्दा गाउँलेले बोक्सी र चरित्रहीनको आरोप लगाएर धपाएपछि बिस्थापित हुनुपरेको मीनाले बताइन । पति, दुर्इ छोरा र एक छोरीसहित गाउँ गाउँ चहार्दै जीवनयापन गरिरहेकी उनले कतैबाट सहयोग नपाएको गुनासो गरिन।     माघ १० गते गाउँकै रामबरण्ा सर्दार, खौसी सर्दार, राजेन्द्र सर्दार र जोगी सर्दारसहितका सातजना बिरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएपनि कार्याही प्रत्रिmया अगाडि बढाइएको छैन । प्रहरी निरीक्ष्ाक सुरज खड्‍काले घटनाबारे जानकारी लिने काम भइरहेको बताए ।     आफ्‍नो जाति र गाउँको इजजत नराखेको कारण्ा गाउँबाट मीनालार्इ निकालिएको आरोपित रामबरण्ा सर्दारले स्विकारेका छन ।


RAKESH CHAUDHARY +9779844031644
+9779804879427


Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism