news

कलशसहित निस्केका मोटरसाइकल ¥याली
जलेश्वर, ६ चैत । क्षयरोग बिरुद्धको सचेतना फैलाउन नेपाल भ्रमणमा कलशसहित निस्केका मोटरसाइकल ¥याली आज जलेश्वर हुदै पश्चिमाञ्चल क्षेत्रका लागि प्रस्थान गरेको छ ।
आइतवार पूर्वाञ्चलको मेचीबाट शुरु गरिएको मोटरसाइकल ¥यालीले मध्यमाञ्चल विकास क्षेत्रका क्षयरोग नियन्त्रण अधिकृत कमला नदी पुलमा मेचीनदीको जल राखिएको कलश सुम्पेका हुन् । कलश जिम्मा लिने अधिकृतको नेतृत्वमा निस्कने मोटरसाइकलले अर्को विकास क्षेत्रका अधिकृतलाई कलश जिम्मा लगाउँदै ¥याली अगाडि बढाइएको हो ।
'क्षयरोग बिनाको संसार, मेरो जीवन मै गर्नुछ साकार' मूल नारासहित जलेश्वर आइपुगेको ¥यालीका सहभागीलाई प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेलले फूलमाला र अबिर लगाई बिदाइ गरेका हुन् । राष्ट्रिय क्षयरोग केन्द्र, पाँचै विकास क्षेत्रका स्वास्थ्य सेवा निर्देशनालय र पूर्वपश्चिम राजमार्ग छुने जिल्लाका स्वास्थ्य कार्यालयको आयोजनामा यो ¥याली निस्केको हो । जलेश्वरबाट पश्चिमतर्फ प्रस्थान गरेको ¥यालीले नारायणी नदीको पुलमा अर्को विकास क्षेत्रका क्षयरोग नियन्त्रण अधिकृत कलश जिम्मा लगाउनेछ ।
अन्तराष्ट्रिय क्षयरोग दिवस २४ मार्च का दिन मोटरसाइकल ¥याली महाकाली पुगेर समापन गरिनेछ ।

दिसापिसाव गर्न तथा नुहाउन घण्टौ लाइनमा बस्नुपरेको गुनासो
जलेश्वर, ६ चैत ।
महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीले आफूहरु यातना गृहमा बसिरहेको गुनासो कारागार सुधार कार्यदल समक्ष राखेका छन् ।
कैदीबन्दीको अवस्था तथा भौतिक पूर्वाधारको निरीक्षण गर्न जलेश्वर आइपुगेका कारागार सुधार कार्यदलको टोलीसंग उनीहरुले दिसापिसाव गर्न तथा नुहाउन घण्टौ लाइनमा बस्नुपरेको गुनासो राखेका छन् । कारागारभित्र चारवटा शौचालय र दुइवटा धारा छन् । बिक्रम संम्बत १९७३ मा निर्मित कारागारमा १३५ कैदीबन्दी राख्ने क्षमता रहेकोमा अहिले आठ आश्रित बालबालिका, ३२ महिलासहित ३७३ कैदीबन्दी रहेको जेलर शोभेन्द्र ठाकुरले बताए ।
सय बर्ष नाध्नै लागेको यस कारागारको मर्मत नगरिदा छत उम्किसकेको मात्र नभई पर्खालका ईटा कमजोर भइसकेको छ ।सुत्न पनि पालो नै कुर्नुपर्ने कैदीबन्दीहरुको गुनासो थियो । कारागार निरीक्षण गर्ने कार्यदल टोलीमा संयोजक सभासद देवी खड्का, सदस्य भागवत चौधरी तथा कारागार व्यवस्था विभागका निर्देशक रेशम बहादुर पाण्डे सहभागी थिए ।
जलेश्वर, ६ चैत । महोत्तरीमा प्रवेशिका परीक्षाको समाचार संकलन गर्न जिल्ला शिक्षा कार्यालयले १० जना वाहेका संचारकर्मीलाई निषेध गरेको छ ।
जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरेले प्रवेशिका परीक्षाको सुचना संकल्न गर्न सातवटा एफएम र नेपाल पत्रकार महासंघका तीन जनालाई पास दिइएको बताए । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेल राष्ट्रियस्तरका संचारमाध्यममा कार्यरत सम्पूर्ण संचारकर्मी पास उपलब्ध गराउने निर्णय भएको बताए । प्रजिअ कडेल आफैले सिमित पत्रकारसंग अन्तरक्रिया गरी १० जनालाई मात्र पास उपलब्ध गराउने निर्णय गराएको शिक्षा अधिकारी घिमिरेले दावी गरे ।
महोत्तरीमा प्रवेशिका परीक्षका बेला परीक्षा केन्द्रभित्र हुने चिटचोरी तथा अनियमितताको समाचार रोक्न प्रजिअ र शिक्षा अधिकारीको चाल मात्र रहेको संचारकर्मीहरुले टिप्पणी गरेका छन् । जिल्लामा नियमित तर्फ ६ हजार ९२ तथा आंशिक तर्फ २३५ सहित ६ हजार ३२७ परीक्षार्थीका लागि २२ वटा परीक्षा केन्द्र तोकिएको छ ।
परिक्षा केन्द्रमा मोबाइल फोन बोक्न निषेध
महोत्तरी, ६ चैत ।
महोत्तरी जिल्लामा परीक्षा अवधिभर परीक्षार्थी र निरिक्षकलाई परिक्षा केन्द्रमा मोबाइल फोन बोक्न निषेध गरिएको छ ।
केन्द्राध्यक्ष तथा अनुगमनकर्ताले मोबाइल भाइब्रेसन वा साइलेन्समा राख्नुपर्नेछ । उनीहरु बाहेक अन्यले अनिवार्यरुपमा मोवाइलको स्विच अफ गर्नुपर्नेछ । मंगलवारदेखि सुरु हुने यस बर्षको एसएलसी परिक्षालाई मर्यादित, व्यवस्थित र अनुशासित बनाउने नीति अनुरुप सम्पूर्ण तयारी पूरा गरेको परीक्षा समन्वय समिति महोत्तरीले जनाएको छ ।


Remember 10 December   

RAKESH CHAUDHARY +9779844031644
+9779804879427


Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism