news

अपहरणको आरोपमा एक पक्राउ
बरेल
जलेश्वर, ४वैशाख । महोत्तरी जिल्लाको सुन्दरपुरबाट एक किसानलाई चार दिन
अगाडि अपहरण गरी लगेको आरोपमा प्रहरीले अनुसन्धानको लागि एकजनालाई पक्राउ
गरेको छ ।
महोत्तरीको सुन्दरपुरबाट सुन्दरपुर–२ का २७ वर्षिय संजय साहलाई दुई दिन
अगाडी अपहरण गरेको भन्दै प्रहरीले फुलकाहा–६ का मुखतार अंसारीलाई पक्राउ
गरेको छ ।
इलाका प्रहरी कार्यालय गौशालाको टोलीले उनलाई अपहरणको आरोपमा पक्राउ
गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अहिले सम्म अपहरितको
अवस्था बारे प्रहरीलाई थाहा हुन सकेको छैन् ।
सुन्दरपुर –१ स्थित गहुँ खेतमा थ्रेसरबाट गहँु कुटाई फर्किदै गर्दा ५÷६
जनाको संख्यामा आएका नकावधारिहरुले साहलाई अपहरण गरि लगेको थियो ।
साहसंगै रहेका अन्य दुई जनालाई भने ती हतियारधारि समुहले हातखुट्टाबाधी
सुन्दरपुर–२ स्थित चौरमा छाडेको थियो ।
घटनाको जिम्मा अहिले सम्म कुनै समूहले लिएको छैन भने घटना घटेको सो
क्षेत्रमा व्यापक प्रहरी परिचालन गरि अंसारीलाई सोही आरोपमा पक्राउ गरेको
हो । सर्च अभियान संचालन गरि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुरज
खडकाले बताए ।
जिल्लामा केही समययता पुनः हिंसात्मक घटनामा वृद्धि भएको छ । केही समय
अगाडी मात्रै जलेश्वर स्थित ट्राफिक प्रहरीमा वम विष्फोट गराइएको थियो ।
--


Remember 10 December
RAKESH CHAUDHARY +9779844031644
+9779804879427

Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism