news
जलेश्वर, ६ बैशाख ।महोत्तरी जिल्लाको छुटाछुटै स्थानमा भएको आगलागीले पाँच लाख रुपैया बराबरको सम्पति जलेर खरानी भएको छ । सीमावर्ती गाविस मटिहानी(२ मा विद्युत सट भर्इ बुधवार मंगलु साहको घरमा विद्युत सर्ट भर्इ लागेको आगोले घर जलेर नष्ट भएको छ भने छिमेकी लखिन्दर साह र किसुन साहको परालको कुन्युमा आगलागी भएको छ । आगलागीबाट तीन लाख मूल्य वरावरको धनमाल डढेर क्ष्ाति पुगेको छ ।ज्ालेश्वर नगरपालिकाको बारुण्ा यन्त्र, स्थानीयवासी र प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यस्ौगरी बर्दिवास(७ का प्रेमबहादुर पौडेलको घरमा रहेको लत्ताकपडा, भाँडाकुडा र अन्नपात खरानी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । सो आगलागीबाट दुर्इ लाख भन्दा बढीको धनमाल क्ष्ाति भएको प्रहरी निरीक्ष्ाक रमेश बस्नेतले बताए ।आगो स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा नियन्त्रण् भएको प्रहरीले जनाएको छ ।
+9779804879427
+9779804879427
Comments
Post a Comment